पाकिस्तानमा औषधिको अभाव

एजेन्सी, ६ चैत । पाकिस्तानमा अत्यावश्यक औषधिको अभाव देखिएको छ ।

पाकिस्तानको पञ्जाब प्रान्तमा रहेको बहावल विक्टोरिया अस्पतालमा औषधिको अभाव भएको हो ।

औषधिको अभावका कारण बिरामीहरु मर्कामा परेको पाकिस्तानबाट प्रकाशित हुने द एक्सप्रेस ट्रिब्युनले जनाएको छ । औषधिको अभावले दूरदराजबाट उपचारका लागि आएका बिरामीहरु निजी फार्मेसीबाट महँगो औषधि किन्न बाध्य भएका छन् ।

ट्रिब्युनका अनुसार यो अस्पताल दक्षिणी पञ्जाबकै सबैभन्दा ठूलो स्वास्थ्य संस्था हो । अस्पतालको बहिरंग विभागमा एन्टिबायोटिक्स, पेरासिटामोल, कफ सिरपजस्ता ५२ वटा अत्यावश्यक औषधिहरू उपलब्ध छैनन् ।

अस्पतालका मेसु आमिर बुखारीका अनुसार बजेट नभएका कारण औषधिको अभाव भएको हो । अस्पतालले औषधि खरिदका लागि १ अर्ब २५ करोड पाकिस्तानी रुपैयाँ माग गरेकोमा सरकारले केबल ५३ करोड रुपैयाँमात्र उपलब्ध गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ असोज । आज विश्व दृष्टि दिवस मनाइँदैछ । ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ विविध कार्यक्रम

काठमाडौँ, २२ असोज । कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रदेश सचिव

काठमाडाैँ, २२ असाज । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले

काठमाडौँ, २१ असोज । दाङको तुलसीपुर उपमहानगरपालिका -०७ गैरापातुस्थित स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार आज