१०औँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक

काठमाडौँ, ५ चैत । कर्णाली प्रदेशमा हुने १०औँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक गरिएको छ ।

आज ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आयोजित एक कार्यक्रमबीच युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले १०औँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक गरेका हुन् ।

सो अवसरमा राष्ट्रिय खेलकुदको ट्रफी समेत सार्वजनिक गरिएको थियो । लोगो र मस्कट सार्वजनिक भएसँगै राष्ट्रिय खेलकुदको तयारी तीव्र पार्न मन्त्री चौधरीले निर्देशन दिए । उनले खेलकुद मन्त्रालय र राखेपबीच विवाद नहुनेगरी काम गर्न समेत निर्देशन दिए । विविध कारणले १०औँ राष्ट्रिय खेलकुद मिति सरे पनि अब तोकिएको समयमा नै राष्ट्रिय खेलकुद हुने उनको भनाइ छ ।

मन्त्री चौधरीले खेल र खेलाडीको विकासका लागि मन्त्रालय सदैव प्रतिबद्ध हुने भन्दै आगामी वर्ष खेलकुद क्षेत्रको बजेट बढाउनका लागि पहल भइरहेको जानकारी दिए ।

मंसिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने भनिएको १०औँ राष्ट्रिय खेलकुदको मिति पटक पटक सर्दै आएको छ । पछिल्लोसमय २०८२ जेठ ३ देखि १० गतेसम्म राष्ट्रिय खेलकुद आयोजना गर्ने तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । उदयपुर सिमेन्ट उद्योग लिमिटेडका पूर्वमहाप्रबन्धक डा. गोपीकृष्ण न्यौपानेले उद्योगको सञ्चालनगत चुनौती, वित्तीय अवस्था, उत्पादन क्षमता, व्यवस्थापकीय कमजोरी,

झापा, १२ असोज । मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा रु दुई अर्ब ८३ करोड ३३

काठमाडौँ, ११ असोज । नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीतिक कार्यक्रमभन्दा नागरिकको जीवन रक्षा पहिलो प्राथमिकता भएको भन्दै कार्यकर्ताहरूलाई उद्धार र

काठमाडौँ, ११ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भोटेकोसी बाढी प्रभावितका लागि यसै वर्ष एक हजार घर निर्माण गर्ने बताएका