ब्राजिलमा चमेरोमा कोरोनाभाइरसको नयाँ भेरियन्ट फेला

काठमाडौँ, ५ चैत । ब्राजिलमा चमेरोमा नयाँ नोभल कोरोनाभाइरस फेला परेको छ ।

जुन मर्स (मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम) भाइरससँग मिल्दोजुल्दो रहेको बताइएको छ । जर्नल अफ मेडिकल भाइरोलोजीमा प्रकाशित एउटा लेखमा ब्राजिल र चीनका केही वैज्ञानिकहरूले यो नयाँ भाइरस पत्ता लगाएको उल्लेख छ ।

ब्राजिलमा पाइने यो भाइरसको मर्स-कोभ (MERS-CoV) सँग धेरै समानताहरू छन् । मर्स-कोभले ज्वरो, खोकी, सास फेर्न गाह्रो हुने जस्ता लक्षणहरू सहितको भाइरल श्वासप्रश्वास रोग निम्त्याउँछ । यो भाइरसबाट संक्रमित व्यक्तिमा निमोनियाको जोखिम पनि बढी हुन्छ । यस भाइरसको संक्रमणका कारण झाडापखाला जस्ता पाचन समस्या पनि हुन सक्छ । 

यो नयाँ भाइरसको जीनोमको ७२% भाग मर्स-कोभसँग मिल्दोजुल्दो पाइएकोले वैज्ञानिकहरूमाझ यो नयाँ भाइरसको बारेमा चिन्ता बढ्दै गएको छ । यसको स्पाइक प्रोटिन (होस्ट सेलमा जोडिने भाइरसको भाग) को मर्स-कोभसँगको समानताले चिन्ता बढाएको हो । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा बिक्रीका लागि राखिएको तितेकरेलामा अत्यधिक विषादी भेटिएको छ । 

काठमाडौँ, १४ बैशाख । ललितपुरको बडीखेलस्थित रिह्‌याब सेन्टरमा राखिएका एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक घर भएका

दाङ, १४ बैशाख ।  दाङमा २० वर्षपछि फरार अभियुक्त पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य

मुस्ताङ, १४ बैशाख । पछिल्लो समय हिमाली जिल्ला मुस्ताङमा जलवायु सङ्कटका कारण खानेपानीका मुहान सुक्दै जान थालेका छन् । कृषि