विश्वकप छनोटका लागि नेपाली टोलीको घोषणा

काठमाडौँ, ५ चैत । आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोटका लागि नेपाली टोली घोषणा गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार नरेन भट्टको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा गरेको हो ।

यही चैत ३० देखि २०८२ वैशाख ८ (१२ अप्रिलदेखि २१ अप्रिल)सम्म काठमाडौंमा आयोजना हुने एसिया छनोटका लागि टोली घोषणा गरिएको हो ।

प्रतियोगितामा आयोजक नेपालले अफगानिस्तान, यूएई, हङकङ र ओमानको सामना गर्नेछ ।

नेपाली टोली
नरेन भट्ट (कप्तान), अभिषेक तिवारी, निरजकुमार यादव, सहिल पटेल, सिव्रिन श्रेष्ठ, रोशनकुमार विश्वकर्मा, दर्श सोनार, दिलसाद अलि, सन्तोष यादव, अशोक धामी, दयानन्द मण्डल, अप्राजित पौडेल, युवराज खत्री, अरबिन्द घर्ती, सोहेल कुँवर, विपिन कुमार शर्मा, नितेश पटेल र अमर मिश्र छन् । 


प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, १२ असोज । उदयपुर सिमेन्ट उद्योग लिमिटेडका पूर्वमहाप्रबन्धक डा. गोपीकृष्ण न्यौपानेले उद्योगको सञ्चालनगत चुनौती, वित्तीय अवस्था, उत्पादन क्षमता, व्यवस्थापकीय कमजोरी,

काठमाडौँ, १२ असोज । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले आगामी दिनमा पर्वतीय कूटनीतिलाई अझ सशक्त बनाउँदै जलवायु न्यायमा नेपालको

काठमाडौँ, १२ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate