एकीकृत समाजवादीद्वारा चैत १५ गतेको जनसभामा हजारौँलाई उतार्ने निर्णय

काठमाडौँ, ४ चैत । नेकपा एकीकृत समाजवादीले समाजवादी मोर्चाले गर्न लागेको विरोधसहितको जनसभामा हजारौँलाई उतार्ने जनाएको छ । 

आज पार्टी कार्यालय आलोकनगरमा बसेको समाजवादीको स्थायी कमिटी बैठकले चैत १५ गते काठमाडौँमा समाजवादी मोर्चाले आयोजना गरेको विरोधसभालाई सफल बनाउन हजारौँलाई उतार्ने सहितको योजनाका साथ अघि बढ्ने निर्णय गरेको हो ।

राजसंस्थाका विषयमा गरिएको कुप्रचारलाई चिर्दै जनतालाई सडकमा उतार्ने प्रयास गर्ने उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिए । उनले राजावादीको प्रदर्शनले दलहरू नडराएको भन्दै गणतन्त्र पक्षधरहरूले जनताको चेतना देखाउनका लागि प्रदर्शन गर्न लागिएको धारणा राखे ।  

उपाध्यक्ष खतिवडाले पूर्वराजा ज्ञानेन्द्र शाह नारायणहिटीमा टिकट काटेर पस्न पाउने भन्दै राजतन्त्र फर्किने सम्भावना नभएको टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ बैशाख । सर्वोच्च अदालतले निजामती कर्मचारीहरूको ट्रेड युनियनलाई प्रतिबन्ध लगाउने सरकारको निर्णयलाई अन्तरिम आदेशमार्फत रोक लगाएको छ । सर्वोच्च

काठमाडौँ, २८ बैशाख । आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । सार्वजनिक नीति तथा कार्यक्रमको पूर्णपाठ:

काठमाडौँ, २८ बैशाख । प्रतिनिधिसभामा सभामुख र उपसभामुखको अनुपस्थितिमा सभा सञ्चालन गर्ने सदस्य मनोनीत भएका छन् । सभामुख डोलप्रसाद अर्यालले

काठमाडौँ, २८ बैशाख । नेपाली कांग्रेस केन्द्रीय कार्यालयले क्रियाशील सदस्यता अद्यावधिक प्रक्रिया सहजीकरणका लागि एआई कल सेन्टर सञ्चालनमा ल्याएको छ ।