मन्त्री भट्टराईद्वारा एसईईलाई मर्यादित बनाउन निर्देशन

काठमाडौँ, ४ चैत । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले माध्यमिक शिक्षा परीक्षा (एसईई) लाई व्यवस्थित, मर्यादित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न निर्देशन दिएकी छन् ।

आज भर्चुअल माध्यमबाट मधेस प्रदेशका शिक्षा विकास तथा समन्वय इकाईका प्रमुखहरूसँगको बैठकमा मन्त्री भट्टराईले परीक्षा सञ्चालनमा कुनै पनि कमजोरी स्वीकार्य नहुने स्पष्ट पारिन । 

मन्त्री भट्टराईले स्थानीय र प्रदेश सरकारसँग समन्वय र सहकार्यलाई विशेष जोड दिँदै परीक्षालाई सरकार र जनताप्रति जवाफदेही ढंगले सञ्चालन गर्न आग्रह गरिन । नियमविपरीत कार्य गर्ने जो कोहीलाई पनि कठोर कारबाही गरिने बताउँदै उनले परीक्षाको मर्यादा कायम राख्न नसकेमा शिक्षा विकास तथा समन्वय इकाईका प्रमुखहरू समेत जिम्मेवार हुनुपर्ने बताइन । 

यस वर्षको एसईई चैत ७ देखि १९ गतेसम्म सञ्चालन हुदैछ । देशभरका २ हजार ७९ परीक्षा केन्द्रमा हुने परीक्षाका लागि पाँच लाख १४ हजार ७१ विद्यार्थीले परीक्षा दिदैछन् । यो वर्ष अघिल्लो वर्षभन्दा ४९ हजार २८६ विद्यार्थी थपिएका छन्  

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पर्सा, ११ कार्तिक । वीरगन्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा रु २६ अर्ब ७२ करोड ५८ लाख राजस्व सङ्कलन गरेको

काठमाडौँ, १० कार्तिक । रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी

काठमाडौँ, १० कार्तिक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि साइप्रसका गैरआवासीय राजदूत इभागोरस भ्रीयोनिडेसबीच भेटवार्ता भएको छ

काठमाडौँ, १० कार्तिक । ‘गाभी, द भ्याक्सिन एलाइन्स’ ले सन् २०३० सम्म नेपाललाई ८ अर्ब ५९ करोड १९ लाख ६८ हजार