परिसूचक नेप्से आज १०.१४ अङ्कले घट्यो

काठमाडौँ, ४ चैत । सेयर बजार परिसूचक (नेप्से) आज १०.१४ अङ्कले घटेको छ ।

आइतबार २१.६३ अङ्कले ओरालो लागेको नेप्सेले सोमवार पनि निरन्तरता पाएको हो । साताको दोस्रो कारोबारको दिन सेयर बजार परिसूचक १०.१४ अङ्कले घटेर २७१४.८५ विन्दुमा ओर्लिएको हो ।

आज कारोबारमा आएका ३३१ कम्पनीको ९९ लाख ३५ हजार ८७२ कित्ता शेयर बजारमा ५ अर्ब ४० करोड रुपैयाँ बराबरको कारोबार भयो । अघिल्लो दिन ६ अर्ब ८३ करोड रुपैयाँको कारोबार भएको थियो । नेप्से परिसूचक घटेसँगै सोमवार कारोबार रकममा पनि गिरावट आएको हो । 

आज बजारमा ८५ कम्पनीको मूल्य बढेको छ । १४५ कम्पनीको मूल्य घटेको छ भने बाँकी १३ कम्पनीको मूल्य स्थिर रहेको छ । बजारमा राप्ती हाइड्रो पावरको शेयर ९.८६ प्रतिशतले बढेको छ । सामुदायिक लघुवित्तको शेयर ८ प्रतिशत भन्दा धेरैले बढेको छ । त्यस्तै, ग्रिन डेभलपमेन्ट बैङ्कको सेयर मूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको महालक्ष्मी विकास बैङ्कको सेयर मूल्य ५.६३ प्रतिशत र घलुम्दी हाइड्रोको सेयर मूल्य साढे ४ प्रतिशत घटेको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ फागुन । हिमालय टिभीमा प्रसारण हुने सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा

काठमाडौँ, १ फागुन । चलचित्र ‘आ बाट आमा’ले नेपाली बक्सअफिसमा राम्रो कमाई गरिहेको छ । १४ दिनमा घरेलु बक्सअफिसमा सात करोड

काठमाडौँ, १ फागुन । वरिष्ठ कलाकार निर शाहले फिल्म ‘कमला मिस’ निर्देशन गर्ने भएका छन् । मनोवैज्ञानिक विषयवस्तुमा आधारित नयाँ

काठमाडौँ, १ फागुन । आजबाट तीनवटा चलचित्र प्रदर्शनमा आएका छन् । ‘श्री बुकुरो : द होम कलिङ’, ‘बिगुल’ र ‘शिवांश :