शिक्षकका मागलाई  शीघ्र सम्बोधन गर्नुपर्छ : अध्यक्ष प्रचण्ड

काठमाडौँ, २ चैत । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्दोलनरत शिक्षकका मागलाई सरकारले शीघ्र सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन् ।

विद्यालय शिक्षा विधेयक तत्काल पारित गर्नुपर्ने माग गर्दै आन्दोलनरत नेपाल शिक्षक महासङ्घको प्रतिनिधिमण्डल आज भएको  भेटमा उनले शिक्षकका जायज मागलाई बेवास्ता गर्न नहुने बताएका हुन् । शिक्षकका माग र समग्र शैक्षिक क्षेत्रबारे एउटै दृष्टिकोण बन्न नसकेको बताउँदै अध्यक्ष दाहालले देशको  समृद्धिको मुख्य आधार शिक्षा नै भएकाले माग सम्बोधनमा गम्भीर हुन सरकारलाई आग्रह गरे ।

उनले भने ‘अहिले जति संशोधन दर्ता भए पनि कतिपय एउटै प्रकृतिका छन् । उपसमिति बनाएर भए पनि तत्काल पारित गर्नेतर्फ जान सकिन्छ । विधेयकलाई तत्काल पारित गर्नुपर्छ । मुख्य कुरा इच्छाशक्तिको हो । शिक्षा र शिक्षकका विषयलाई सरकारले प्राथमिकता दिनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पर्सा, ११ कार्तिक । वीरगन्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा रु २६ अर्ब ७२ करोड ५८ लाख राजस्व सङ्कलन गरेको

काठमाडौँ, १० कार्तिक । रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी

काठमाडौँ, १० कार्तिक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि साइप्रसका गैरआवासीय राजदूत इभागोरस भ्रीयोनिडेसबीच भेटवार्ता भएको छ

काठमाडौँ, १० कार्तिक । ‘गाभी, द भ्याक्सिन एलाइन्स’ ले सन् २०३० सम्म नेपाललाई ८ अर्ब ५९ करोड १९ लाख ६८ हजार