काठमाडौँ, २ चैत । नेपाल सुपर लिग (एनएसएल) फुटबलको तेस्रो संस्करणको खेलतालिका सार्वजनिक भएको छ ।
लिगको उद्घाटन खेलमा चैत १६ गते साविक विजेता ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौँ रेजर्सले खेल्ने भएका छन् ।
प्रतियोगिता दशरथ रङ्गशालामा बेलुका ६ बजे शुरू हुनेछ । तेस्रो संस्करणमा काठमाडौँ, ललितपुर, पोखरा, झापा, धनगढी, बुटवल र चितवन गरी ७ टोली छन् ।






