१८ आंगिक क्याम्पसमा स्ववियुको चुनावी प्रक्रिया अवरुद्ध

काठमाडौँ, २ चैत । कांग्रेसनिकट नेविसंघले गुटगत विवादका कारण आधिकारिक उम्मेदवार टुंगो लगाउन नसक्दा त्रिभुवन विश्वविद्यालयका १८ वटा आंगिक क्याम्पसमा स्ववियु निर्वाचन अनिश्चित बनेको छ ।

केही क्याम्पसमा अनेरास्ववियु र अखिल क्रान्तिकारीलगायत संगठनले तालाबन्दी गरेका कारण निर्वाचन प्रक्रिया अवरुद्ध बनेको छ । केही क्याम्पसमा आफ्नो कार्यकाल लम्ब्याउन स्ववियु पदाधिकारीले नै निर्वाचन प्रक्रिया बिथोलिरहेको आरोप लागेको छ । त्रिविका ६२ आंगिकमध्ये कम्तीमा १८ क्याम्पसमा तोकिएकै मितिमा निर्वाचन हुने टुंगो नभएको त्रिविले जनाएको छ । १८ मध्ये अधिकांशमा कांग्रेस सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला पक्षधरले उम्मेदवारी दर्ता गराएपछि कुन आधिकारिक भन्नेमा विवाद छ ।

नेविसंघको आन्तरिक विवादका कारण त्रिभुवन विश्वविद्यालय क्याम्पस कीर्तिपुरमै ५ चैतमा स्ववियु चुनाव हुने/नहुने टुंगो छैन । विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका स्ववियु सभापति जसवन्त पौडेल नै शुक्रबार पक्राउ परेका छन् । क्याम्पस तोडफोडको आरोपमा प्रहरीले उनीसहित ६ जनालाई नियन्त्रणमा लिएको हो । महेन्द्र मोरङमा कांग्रेस सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला पक्षधरले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका थिए । निर्वाचन समितिले संस्थापन पक्षधरलाई आधिकारिक मानेपछि अर्को पक्ष असन्तुष्ट छ । नेविसंघका दुई समूहबीच झडप र तोडफोडका घटना भइरहेका छन् ।

काठमाडौँस्थित पद्मकन्या क्याम्पसमा स्ववियु सभापतिलगायतका विद्यार्थीले नै निर्वाचन रोक्ने गतिविधि गर्दै आएको निर्वाचन समितिका एक सदस्यले बताए । नेपाल ल, सरस्वती, विश्वभाषा र पब्लिक युथ क्याम्पसमा विद्यार्थी संगठनहरूबीच मतदाता नामावलीका विषयमा विवाद हुँदा प्रक्रिया रोकिएको छ । शंकरदेव, थापाथली, सानोठिमी क्याम्पसमा विद्यार्थीले तालाबन्दी गरेका छन् ।

सिद्धनाथ विज्ञान क्याम्पस कञ्चनपुरमा निर्वाचन अधिकृतले राजीनामा दिएका छन् । विद्यार्थी संगठनबीच किचलो हुँदा निर्वाचन समिति भंग भएको क्याम्पसले जनाएको छ । भैरहवा बहुमुखी र बुटवल बहुमुखी क्याम्पसमा नेविसंघको तालाबन्दी छ भने पक्लिहवा क्याम्पस रूपन्देहीमा अनेरास्ववियुको तालाबन्दीको कारण चुनावी प्रक्रिया अवरुद्ध छ । रामस्वरूप रामसागर क्याम्पस जनकपुर, डिग्री क्याम्पस विराटनगर र सुर्खेत क्याम्पसमा पनि तालाबन्दीले चुनाव रोकिएको छ । बागलुङको धौलागिरी बहुमुखी क्याम्पसमा पनि अवरुद्ध भएको छ ।

निर्वाचन समिति सदस्यमा रजिस्ट्रार केदार रिजाललगायत डिन, क्याम्पस प्रमुखलगायत छन् । यसअघि २०७९ मा त्रिविका ६२ आंगिकमध्ये ४० क्याम्पसमा मात्रै तोकिएकै मितिमा स्ववियु निर्वाचन भएको थियो । त्रिविका आंगिक, सामुदायिक र निजी गरी ३ सयभन्दा बढी क्याम्पसमा स्ववियु निर्वाचन हुन्छ । तीमध्ये ८४ क्याम्पसमा निर्विरोध भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ११ कार्तिक । अफ्रिकामा इबोलाको प्रकोप फैलिरहेका बेला प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआरसी) मा यस रोगबाट संक्रमित हुनेको संख्या १०

एजेन्सी, ११ कार्तिक । नेपाली श्रमिकहरूको प्रमुख गन्तव्य मुलुक मलेसियाको रोजगारी तत्कालका लागि बन्द भएको छ । श्रमिक पठाउने म्यानपावर कम्पनी

एजेन्सी, १० कार्तिक । भारतको असम राज्यको गुवाहाटीस्थित एक होटलमा गोली चल्दा महिलासहित पाँच जनाको मृत्यु भएको छ भने अन्य

एजेन्सी, १० कार्तिक । इजरायलमा आज (२७ अक्टोबर) आम निर्वाचन हुँदैछ । निर्वाचनको परिणामले वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतान्याहु सत्तामा कायम