व्यवस्थापन समिति गठनमा विवाद हुँदा झडप: प्रधानाध्यापकमाथि कुटपिट

दाङ, २९ फागुन । घोराही उपमहानगरपालिका–१४, नयाँ बजारस्थित शुभप्रभात माविमा विद्यालय व्यवस्थापन समिति गठनका विषयमा विवाद हुँदा झडप भएको छ ।

विद्यालय व्यवस्थापन समिति गठनका लागि बुधबार तेस्रोपटक बोलाइएको भेलामा विवाद भएपछि झडपको स्थिति सिर्जना भएको हो । गणपुरक संख्या नपुगेका कारण व्यवस्थापन समिति गठनको माइन्यूट गर्न नमान्दा प्रधानाध्यापक रुद्र बुढामाथि पनि कुटपिट भएको छ ।

पहिलो भेलामा १ सय २८ र दोस्रो भेलामा ४८ अभिभावक उपस्थित भए पनि गणपुरक संख्या १ सय ८६ नपुगेपछि बुधबार तेस्रोपटक भेला बोलाइएको थियो ।

कुटपिटमा १४ नं. वडा अध्यक्ष भानसीं बुढा र उनका सहयोगीहरु संलग्न रहेको बुढाले आरोप लगाएका छन् । वडा अध्यक्ष बुढाले भने आफू व्यवस्थापन समिति गठनको भेलामा निमन्त्रणा गरेका कारण गएको तर कुनै पनि अराजक गतिविधिमा संलग्न नभएको बताएका छन् । भेलामा अभिभावकहरुबीच विवाद भइ झडप भएको तर त्यसमा आफ्नो कुनै संलग्नता नरहेको उनको भनाइ छ । आफूलाई गलत आरोप लगाएर बदनाम गर्न खोजेको उनले बताए ।

व्यवस्थापन समिति गठनको विषयमा भएको विवाद झडपमा परिणत भएको तर अहिलेसम्म कसैले जाहेरी नदिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी चक्र बहादुर शाहले बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पर्सा, ११ कार्तिक । वीरगन्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा रु २६ अर्ब ७२ करोड ५८ लाख राजस्व सङ्कलन गरेको

काठमाडौँ, १० कार्तिक । रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी

काठमाडौँ, १० कार्तिक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि साइप्रसका गैरआवासीय राजदूत इभागोरस भ्रीयोनिडेसबीच भेटवार्ता भएको छ

काठमाडौँ, १० कार्तिक । ‘गाभी, द भ्याक्सिन एलाइन्स’ ले सन् २०३० सम्म नेपाललाई ८ अर्ब ५९ करोड १९ लाख ६८ हजार