पाकिस्तानमा यात्रुवाहक रेलबाट ३०० बन्धकको उद्धार, ३३ अतिवादी मारिए

एजेन्सी, २९ फागुन । पाकिस्तानी सेनाले तीन सयजनालाई उद्धार गरेको छ । बलुचिस्तान प्रान्तमा यात्रुवाहक रेलमा भएको आतंकवादी आक्रमणपछि बन्धक बनाइएका तीन सयजनालाई उद्धार गरेको पाकिस्तानी सेनाले बताएको छ ।

अधिकारीहरूले रेलमा सवारमध्ये सय सुरक्षाकर्मी रहेको बीबीसीले जनाएको छ । सैनिक प्रवक्ताले सैन्य कारबाहीमा ३३ जना अतिवादी मारिएको बताएका छन् ।

उनका अनुसार सैन्य कारबाही सुरु हुनुभन्दा पहिले बलुचिस्तान लिबरेशन आर्मीले २१ सर्वसाधारण र चार सैनिकलाई गोली हानी मारेको थियो । 

सेनाले अझै पनि उक्त क्षेत्रमा खोजी अभियान चलाइरहको छ । स्थानीय रिपोर्टहरूले बताएअनुसार यदि अधिकारीहरूले ४८ घण्टाभित्र बलुच राजनीतिक बन्दीहरूलाई रिहा नगरेमा अतिवादीहरूले बन्धकहरूलाई मार्ने धम्की दिएका थिए ।

मंगलबार क्वेटाबाट पेशावर जाँदै गरेको नौ कोच भएको यात्रुवाहक रेल जाफर एक्सप्रेसमा आक्रमण हुँदा चार सयभन्दा बढी यात्रु सवार थिए । बीबीसी

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ बैशाख । फरार कैदीलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । सवारी ज्यान मुद्दामा कैद सजाय तोकिएका तिलोत्तमा नगरपालिका–१५,

काठमाडौँ, १६ बैशाख । सरकारले संसद् छलेर संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्ययादेश ल्याएपछि विपक्षी दलहरूको संसदीय दलको बैठक आज बस्दैछ ।

काठमाडौँ, १६ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

काठमाडौँ, १६ बैशाख । बीपी राजमार्ग फेरी अवरुद्ध भएको छ । हिजो काभ्रेका विभिन्न ठाउँमा ठूलो पानी परेकाले गएरातिदेखि बीपी राजमार्ग