हसिना र परिवारको स्वामित्वमा रहेका सम्पत्ति जफत

एजेन्सी, २८ फागुन । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको धनमन्डीमा रहेको निवास ‘सुदासाधान’ र उहाँका परिवारका सदस्यहरूको स्वामित्वमा रहेका केही अन्य सम्पत्तिहरू प्रहरीले जफत गरेको छ ।

ढाकाको एक अदालतको आदेशपछि हसिनाको निवास र उहाँका परिवारका स्वामित्वमा रहेका सम्पत्तिहरू प्रहरीले जफत गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यसका साथै अदालतले हसिनाको परिवारसँग सम्बन्धित १२४ वटा बैंक खाता पनि जफत गर्न आदेश दिएको छ ।

शेख हसिनाबाहेक उहाँका छोरा सजिब वाजेद जोय, छोरी साइमा वाजेद पुतुल, बहिनी शेख रेहाना र उनका छोरीहरू ट्युलिप सिद्दिकी र रदवान मुजीब सिद्दिकीको स्वामित्वमा रहेका केही अन्य सम्पत्तिहरू पनि जफत भएको खबरमा उल्लेख छ ।

गएको अगस्टमा विद्यार्थीहरूको नेतृत्वमा भएको आन्दोलनले पूर्वप्रधानमन्त्री हसिनालाई अपदस्थ गरी सरकार ढालेको थियो । हसिना अहिले छिमेकी देश भारतमा बस्दै आउनुभएको छ । हसिना भागेर भारत गएपछि अहिले नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि हुने मतदानका लागि बिहानैदेखि मतदाता लाइनमा लागेका

काठमाडौँ, २२ असोज । नेकपा (एमाले)ले पार्टीका स्थानीय तहका कमिटीहरुको अधिवेशन मिति तोकेको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टीको

काठमाडौँ, २२ असाेज । राष्ट्रपति रामचन्द्र पौडेलले समृद्ध नेपाल निर्माण सरकार वा कुनै एक क्षेत्रको मात्र प्रयासबाट सम्भव नभई राज्य,

काठमाडौँ, २२ असोज । तान्जानियाको अरुसामा जारी अन्तर–संसदीय संघ (आईपीयू) को १५३औँ महासभामा नेपालले पेस गरेको जलवायुजन्य विपद्सम्बन्धी आपत्कालीन प्रस्ताव दुई–तिहाइ