साफ च्याम्पियनशिपको ‘ड्र’ सार्वजनिक

काठमाडौँ, २८ फागुन । भारतमा हुने १९ वर्षमुनिको साफ च्याम्पियनशिप फुटबल प्रतियोगितामा नेपाल र भारत एकै समूहमा परेका छन् ।

काठमाडौँमा हिजो सार्वजनिक गरिएको ‘ड्र’ मा नेपाल समूह ‘बी’ मा परेको हो । नेपालको समूहमा भारतसँगै श्रीलङ्का छ । त्यस्तै समूह ‘ए’ मा माल्दिभ्स, भुटान र साविक विजेता बङ्गलादेश छन् । यस प्रतियोगितामा पाकिस्तान भने सहभागी हुने छैन ।

भारतको अञ्चल प्रदेशमा हुने प्रतियोगिता आउँदो मे ९ देखि १८ तारिखसम्म हुने तय भएको छ । यसैबीच साफ च्याम्पियनशिपलाई होम एन्ड अवे प्रणालीमा लैजाने प्रस्ताव  अस्वीकृत भएको छ ।

दक्षिण एशियाली फुटबल फेडरेसन (साफ) को कार्य समितिको बैठकले होम एन्ड अवेको प्रस्तावलाई अस्वीकृत गरेको हो । बैठकमा बहुमत सदस्यले जसरी साफ च्याम्पियनशिप चलिरहेको छ, त्यही अनुसार गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

दाङ, १६ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसहित प्रदेश सरकारका मन्त्रीहरूले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा

काठमाडौँ, १६ भदौ । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सोमबार एकै दिन ६० करोड २ लाख रुपैयाँ सङ्कलन भएको छ

काठमाडौँ, १५ भदौ । महोत्तरीको जलेश्वर कारागारका कैदीबन्दीहरूले प्रधानमन्त्री विपद राहत कोषमा एक लाख १ हजार १०५ रुपैयाँ जम्मा गरेका छन्

काठमाडौँ, १५ भदौ । माछापुच्छ्रे बैंकले भोटेकोशी नदीमा आएको बिनाशकारी बाढी पहिरोबाट प्रभावित नागरिक तथा समुदायलाई राहत र पुनर्स्थापनाका लागि