एक्स एकै दिन चारपटकसम्म डाउन

एजेन्सी, २७ फागुन । एलन मस्कको माइक्रोब्लगिङ साइट एक्स एकै दिन चारपटकसम्म डाउन भएको छ ।

डाउन डिटेक्टर वेबसाइटमा कयौं प्रयोगकर्ताले सोमबार एक्स डाउन भएको जानकारी गराएका थिए ।

वेबसाइट र अनलाइन सर्भिसको समस्यालाई रियल टाइममा ट्र्याक गर्ने उक्त वेबसाइटका अनुसार सोमबार पहिलोपटक दिउँसो साढे ३ बजे आसपास आधा घण्टासम्म र दोस्रोपटक साँझ ७ बजे आसपास एक घण्टासम्म एक्स डाउन भएको थियो । तेस्रोपटक राति पौने नौ बजेदेखि करिब साढे १० बजेसम्म र राति १२ बजेदेखि करिब साढे १२ बजेसम्म पनि एक्स डाउन भयो । धेरै प्रयोगकर्ताले लगइन गर्न समस्या भएको जनाएका थिए । उनीहरुले एप र वेबसाइट दुवैमा समस्या रहेको गुनासो गरेका थिए ।

मस्कले एक्समार्फत् पटक–पटक साइबर आक्रमणको चुनौति झेलिरहेको जनाएका छन् । दिनहुँजसो साइबर आक्रमण हुने गरेकाले प्रयोगकर्तालाई लगइनमा समस्या भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ असोज । नेकपा (एमाले)का महासचिव योगेश भट्टराईले पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई तीन सुझावहरु दिएका छन् । आफ्नो

काठमाडौँ, २४ असाेज । राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो शिक्षाप्रणालीले विद्यार्थीलाई केवल वर्तमानका लागि मात्र होइन; भविष्यका चुनौती र अवसरका लागि

काठमाडौँ, २४ असाेज । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा थापा ६ हजार

काठमाडौँ, २४ असाेज । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले