काठमाडौँ, २७ फागुन । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले सिताराम कट्टेल (धुर्मुस)को तारिफ गरेका छन् ।
‘लाज शरणम्’ हेरेर बालेनले धुर्मुसको तारिफ गरेका हुन् । बालेनले सोमबार साँझ दरबारमार्गस्थित क्यूएफएक्स हलमा दोस्रो हप्तामा प्रदर्शन भइरहेको चलचित्र ‘लाज शरणम्’ हेरेका हुन् ।
सिनेमा हेरेर उनले धुर्मुसको तारिफ गर्दै भने, “यस्तो डिटेल दिनुभा’छ नि ! कस्तो डिटेल दिया हो ? लास्टै दामी । लास्टै मजा आयो ।”
चलचित्र ‘लाज शरणम्’मा समावेश ‘नेपाल हाँसेको’ र्यापमा बालेनको स्वर छ, जसले दर्शकमाझ निकै चर्चा पाएको थियो ।
बालेनले धुर्मुसको प्रशंसा गर्दै अँगाल्दै भने, “एकदमै राम्रो काम गर्नुभएको छ । म पनि कलाकार हुँ, हामीलाई कला देखाउन पाए हुन्थ्यो भन्ने चाहना हुन्छ । हेरिरहँदा एकदमै मज्जा आयो ।”






