गाजामा भएको इजरायली आक्रमणमा चारजनाको मृत्यु

गाजा, १९ फागुन । इजरायली सेनाले गरेका हवाई आक्रमणमा परी कम्तीमा चारजनाको मृत्यु भएको प्यालेस्टिनी चिकित्सा स्रोतहरूले जनाएका छन् ।

“इजरायली सेनाले गाजापट्टीको उत्तरमा रहेको बेइट हानौन सहरमा सैन्य ड्रोनद्वारा स्थानीयहरूको समूहलाई आक्रमण गरेर दुई प्यालेस्टाइनीको हत्या गरेको छ,” गाजास्थित स्वास्थ्य अधिकारीहरूले एक प्रेस विज्ञप्तिमार्फत उल्लेख गरेको छ ।

इजरायली सेनाले उत्तरी गाजामा सैन्य अड्डाहरू नजिक शंकास्पद गतिविधिमा संलग्न धेरै व्यक्तिहरूलाई देखेको थियो । यसैबीच, स्थानीय स्रोत र प्रत्यक्षदर्शीहरूले हवाई आक्रमणका कारण बेइट हानौनको पूर्वी क्षेत्रबाट सयौँ परिवार विस्थापित भएको जानकारी दिए ।

गाजा–आधारित स्वास्थ्य अधिकारीहरूका अनुसार, दक्षिणी गाजाको खान युनिसको पूर्वमा रहेको अल–फराहिन सहरमा इजरायली बमबारीपछि मेडिकल टोलीले एक महिलाको शव फेला पारे र दुईजना घाइतेको उपचार गरे ।

साथै, सहरको केन्द्रमा रहेको आफ्नो घरको छतमा उभिरहेको बेला इजरायली सेनाले गरेका आक्रमणमा परी एक युवकको मृत्यु भएको छ । इजरायली सेनाले खान युनिस र रफाहमा भएका घटनाहरूको बारेमा टिप्पणी गरेको छैन ।

इजरायल र हमासबीचको युद्धविराम सम्झौताको पहिलो चरण समाप्त भएको एक दिनपछि यो घटना भएको हो । युद्धविरामको पहिलो चरण १९ जनवरीदेखि १ मार्चसम्म भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ असोज । वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले

काठमाडौँ, २२ असोज । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी सवारी भाडा नलिन सम्बद्ध सबैलाई आग्रह गरेको छ

काठमाडौँ, २२ असोज । भोजपुरमा ठुलो परिमाणमा गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार हतुवागढी

काठमाडौँ, २२ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ