अब हिमाली जिल्लामा एचपीभी खोप अभियान

काठमाडौँ, १६ फागुन । प्रतिकूल मौसमले हिमाली जिल्लामा रोकिएको पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान यही फागुन १८ आइतबारदेखि सञ्चालन गरिने भएको छ ।

हिमाली जिल्लाहरू मनाङ, मुस्ताङ, डोल्पा र हुम्लामा हिमपातका कारण खोप अभियानमा कठिनाइ भएको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले मन्त्रालयको नियमित भिडियो ब्रिफिङमा मनाङ, मुस्ताङ र हुम्लामा फागुन १८ र डोल्पामा फागुन २२ गतेदेखि खोप अभियान सञ्चालन हुने जानकारी गराए ।

स्वास्थ्य मन्त्रालयले गत माघ २२ देखि फागुन ६ गतेसम्म सञ्चालन गरेको यो अभियानमा कुल लक्ष्यको ९२ प्रतिशतले एचपिभी खोप लगाइसकेका छन् । ब्रिफिङमा प्रवक्ता बुढाथोकीले गत असोजमा बाढीबाट प्रभावित जिल्ला काभे्रपलाञ्चोक, सिन्धुपाल्चोक, सिन्धुली र ललितपुरका सातवटा स्थानीय तहमा एआई एक्सरेका माध्यमबाट क्षयरोगको सक्रिय खोजपड्ताल शिविर सञ्चालन गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ साउन । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ स्थित सामुदायिक वन क्षेत्रमा बोराभित्र महिलाको शव फेला परेको छ । आज दिउँसो करिब

काठमाडौँ, २२ साउन । दाङको गढवा गाउँपालिका-३ गोबरडिहास्थित गोबरडिहाबाट पचैयातर्फ जाँदै गरेको रा.२ प ७०५४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ

काठमाडौँ, २२ साउन । चितवनमा जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । चितवनको भरतपुर महानगरपालिका-२९ देवीटार बस्ने

काठमाडौँ, २२ साउन । काठमाडौँमा एक जना मृत फेला परेका छन् । काठमाडौँको गोकर्णेश्वर नगरपालिका-७ माकलबारी एक जना मृत फेला परेका