जापानमा १ सय २५ वर्षयताकै कम शिशु जन्मिए

एजेन्सी, १६ फागुन । गएको वर्ष सन् २०२४ मा जापानको जन्मदर १ सय २५ वर्षयताकै कम भएको छ ।

युवाहरूले विवाह गर्न ढिलाइ गर्दा र वृद्ध जनसङ्ख्या बढ्दै जाँदा गएको वर्ष सन् १८९९ मा तथ्याङ्क राख्न शुरू गरेयताकै कम शिशु जन्मिएका सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयको प्रारम्भिक तथ्याङ्क अनुसार सन् २०२४ मा विदेशी नागरिकसहित जापानमा सात लाख २० हजार नौ सय ८८ शिशु जन्मिएका थिए । यो सङ्ख्या सन् २०२३ को तुलनामा पाँच प्रतिशतले कम हो । त्यो वर्ष सात लाख ५८ हजार ६ सय ३१ जना शिशु जन्मिएका थिए ।

गएको वर्ष जापानमा जन्मिएका शिशुको सङ्ख्या सन् २०२३ मा मृत्युको सङ्ख्याको तुलनामा दोब्बरभन्दा बढी हो । सन् २०२३ मा मृत्यु हुनेको सङ्ख्या १ दशमलव ८ प्रतिशतले बढेर १६ लाख २० हजार जना पुगेको छ ।

जापानमा जनसाङ्ख्यिकीय सङ्कट गहिरो हुँदै गएको छ र जन्मदर गिरावटलाई उल्ट्याउने सरकारी प्रयासहरू असफल भइरहेका छन् । जापानको कुल जनसङ्ख्या यस महिना १२ करोड ३५ लाख ४० हजार जना पुगेको आन्तरिक मामिला मन्त्रालयको तथ्याङ्कले देखाएको छ । यो सङ्ख्या एक वर्षअघिको तुलनामा शून्य दशमलव ४६ प्रतिशतले कम हो ।

जापानका प्रधानमन्त्री शिगेरु इशिबाले जनसङ्ख्या सङ्कटको सामना गर्नु आफ्नो शीर्ष प्राथमिकताहरूमध्ये एक रहेको बताउनुभएको छ । तर शिक्षाको उच्च लागत, स्थिर अर्थव्यवस्था र जीवनशैलीमा परिवर्तनले युवाहरूलाई परिवार शुरू गर्न निरुत्साहित गरेको खबरमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ असोज । वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले

काठमाडौँ, २२ असोज । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी सवारी भाडा नलिन सम्बद्ध सबैलाई आग्रह गरेको छ

काठमाडौँ, २२ असोज । भोजपुरमा ठुलो परिमाणमा गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार हतुवागढी

काठमाडौँ, २२ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ