रेबिज भ्याक्सिनको चरम अभाव

सर्लाही, १२ फागुन । सर्लाहीका विभिन्न स्थानीय तहमा रेबिजविरुद्धको भ्याक्सिनको चरम अभाव देखिएको छ ।

सरकारी अस्पतालहरूमा भ्याक्सिन नपाउँदा सर्वसाधारण महँगो शुल्क तिरेर निजी क्लिनिक जान बाध्य भएका छन् । जनस्वास्थ्यका लागि अनिवार्य मानिने यो भ्याक्सिन समयमै उपलब्ध नभएकाले ग्रामीण भेगका सर्वसाधारण बढी मारमा परेका छन् ।

सर्लाहीका सरकारी स्वास्थ्य संस्थाहरूमा रेबिज भ्याक्सिनको अभाव निरन्तर देखिंदै आएको छ। बरहथवा नगर अस्पताल, ईश्वरपुर, लालबन्दी, हरिवन, बलरा, र मलंगवाको प्रादेशिक अस्पताललगायतका केन्द्रहरूमा भ्याक्सिन आउने भए पनि धेरैजसो समय पर्याप्त नहुने गुनासो छ।

बरहथवा नगर अस्पताल प्रमुख नागेन्द्र साहका अनुसार, ‘पहिले पर्याप्त कोटा आउँथ्यो, तर अहिले मधेस प्रदेश मातहतमा गएपछि महिनाको मात्र ६० भाइल प्राप्त हुन्छ। यो एक हप्तामै सकिन्छ।’

हरिवन नगरपालिका स्वास्थ्य शाखाका संयोजक रामबाबु चौधरीका अनुसार, ‘गत माघमा ४० भाइल मात्र भ्याक्सिन आयो, जुन १० दिनमै सकियो। फागुन महिनाका लागि २० गते औषधि आउने तालिका छ, तर अहिले बिरामीहरूलाई अन्यत्र जान भनिरहेका छौँ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १ असोज । कोसोभोका पूर्वराष्ट्रपति हासिम थाचीलाई युद्ध अपराध गरेको अभियोगमा दोषी ठहर गर्दै २५ वर्षको जेल सजाय सुनाइएको

एजेन्सी, १ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यको नजिक पुगेको बताएका छन् । उनले सम्झौता गर्न इरान निकै

एजेन्सी, ३१ भदौ । इरानको मशहद विमानस्थलबाट उडान भरेको केही समयमै  यात्रुवाहक विमान आपत्कालीन अवतरण गराउनु परेको छ । उडान

एजेन्सी, ३० भदौ । बंगलादेशको एक विशेष अदालतले पूर्वसत्तारूढ दल अवामी लिगका सात वरिष्ठ नेतालाई उनीहरूको अनुपस्थितिमा मृत्युदण्डको सजाय सुनाएको छ ।