प्रथम महिला शाक्यको आत्मकथा ‘करुणा’ लोकार्पित

काठमाडौँ, १० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रथम महिला राधिका शाक्यद्वारा लिखित आत्मकथा ‘करुणा’ कोे आज आयोजित कार्यक्रमबीच लोकार्पण गर्नुभएको छ ।

पाणिनि बुक्सद्वारा प्रकाशित सो पुस्तकमा शाक्यको बाल्यकाल, पढाइ, जागिर, र जीवनका विविध उकाली ओराली तथा नेकपा (माले) का तत्कालीन नेता ओलीसँग विवाह सम्बन्धमा बाँधिएपछिका अनेक यात्राहरुबारे उल्लेख गरिएको छ ।

प्रधानमन्त्री ओली र धर्मपत्नी शाक्यबीच २०४४ साल आजकै दिन विवाह भएको थियो । कार्यक्रममा आयोजकका तर्फबाट प्रधानमन्त्री ओली र प्रथम महिला शाक्यलाई विवाह वर्षगाँठका अवसरमा सम्मान गरिएको थियो ।

राष्ट्रियसभा गृहमा खचाखच उपस्थितिका बीच भइरहेको लोकार्पण कार्यक्रममा पुस्तकबारे नेकपा (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवाली, गायिका आनी छोइङ डोल्मा, लेखक अमर न्यौपानेले समीक्षात्मकम मन्तव्य प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ भदाै । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले प्रतिकूल मौसम र अत्यन्त चुनौतीपूर्ण परिस्थितिका बाबजुद रसुवास्थित

काठमाडौँ, १३ भदाै । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग भेटवार्ता गरी नौबुँदे ध्यानाकषर्णपत्र

काठमाडौँ, १३ भदौ । परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोसी नदीमा आएको विनाशकारी बाढी उद्धार कार्यलाई थप प्रभावकारी बनाउन छिमेकी देशहरूबाट प्राविधिक

काठमाडौँ, १३ भदौ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता झलनाथ खनालबीच आज भेटवार्ता भएको छ