सामुदायिक र निजी विद्यालयको ‘मितेरी’ सम्बन्ध

दाङ, १० फागुन । तुलसीपुर उपमहानगरपालिका–३ स्थित माविलाई सहयोग गर्न भगिनी सम्बन्ध जोडेको तुलसीपुर–६ स्थित गोरखा माध्यमिक विद्यालयले यी सबै समस्या समाधान गरिदियो । 

विद्यालय रङ्गीचङ्गी छ । कोठामा म्याट, डेस्क, बेञ्च नयाँ छन् । त्यति मात्रै होइन, कक्षा कोठामा स्मार्ट बोर्ड र प्राजेक्टर पनि छ । यसरी नै गोरखाले मावि प्रतापकोटमा जे आवश्यक छ, त्यो सहयोग गर्दै आएको छ ।  विद्यालयको भौतिक पूर्वाधार सहयोगदेखि खेलकुदका सामग्री पनि सहयोग गर्दै आएको छ भने विद्यार्थीलाई शैक्षिक सामग्री, पोसाकलगायत सहयोग गर्दै आएको छ । गएको वर्ष ३२ थान डेस्क, बेञ्च, पुरानो चार कोठे भवनको रङरोगन, झ्याल ढोका मर्मत गर्न सहयोग गरेको छ । 

त्यस्तै विगतमा विद्यार्थीलाई न्यानो कपडा वितरण, खेलकुद सामग्री, विद्यार्थीका लागि राउन्ड टेबल, म्याट, प्राथमिक उपचारका सामग्री सहयोग गरिएको छ । यो वर्ष पनि सोही विद्यालयलाई स्मार्ट बोर्ड दिने तयारी रहेको छ ।  

विद्यालयले विद्यालयलाई सहयोग गर्ने र विद्यार्थीले विद्यार्थीलाई नै सहयोग गर्ने गरेका छन् । सोहीअनुसार गोरखाका विद्यार्थीले समय–समयमा कपी, कलम, झोला, न्यानो कपडा सहयोग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० भदौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री बालेन्द्र

काठमाडौँ, १० भदौ । बाढीबाट उत्पन्न परिस्थितिका कारण प्रतिनिधि सभाको बैठक स्थगित गरिएको छ । बिहीबार दिउँसो १ बजे बस्ने

काठमाडौँ, १० भदौ । रसुवा र नुवाकोटमा बाढीका कारण प्रभावितहरूको उद्धारलाई पहिलो प्राथमिकतामा राखिएको गृहमन्त्री सुधन गुरुङले बताएका छन् ।

काठमाडौँ, १० भदौ । सरकारले भोटेकोशी बाढीबाट घाइतेहरूको निःशुल्क उपचार गर्ने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै