अतिरिक्त महसुलको धम्कीले ब्रिक्स तितरबितर भयो : ट्रम्प

वासिङ्टन डीसी, ९ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक पटक फेरि ब्रिक्सबारे ठुलो बयान दिएका छन् ।

१५० प्रतिशत भन्सार लगाउने धम्कीपछि पाँच देशको यो समूह तितरबितर भएको उनले बताएका छन् । अमेरिकी डलरलाई चुनौती दिने ब्रिक्सको प्रयासले कुनै नतिजा नदिने उनको भनाइ थियो । 

ट्रम्पले भने ‘ब्रिक्स देशहरूले हाम्रो डलरलाई नष्ट गर्न खोजिरहेका छन् । तिनीहरू नयाँ मुद्रा ल्याउन चाहन्छन् । त्यसैले जब म सत्तामा आएँ, मैले पहिलो कुरा जे भनेको थिएँ त्यो नयाँ मुद्राको बारेमा कुरा गर्ने कुनै पनि ब्रिक्स देशलाई १५० प्रतिशत भन्सार लगाइनेछ भन्ने थियो । हामीलाई तपाईँका उत्पादनहरू चाहिँदैनन् र यसपछि ब्रिक्स फुट्नेछ पनि मैले भनेको थिएँ ।’ 

अहिले ब्रिक्समा के भइरहेको छ भन्ने आफूलाई थाहा नभएको अनि केही समयदेखि आफूले यसको बारेमा केही नसुनेको पनि उनले बताए । ब्रिक्समा ब्राजिल, रूस, भारत, चीन, दक्षिण अफ्रिका, इजिप्ट, इथियोपिया, इरान र संयुक्त अरब इमिरेट्स समावेश छन् । यससँगै टर्की, अजरबैजान र मलेसियाले ब्रिक्सको सदस्य बन्न आवेदन दिएका छन् । अन्य कयौँ देशले यसमा सामेल हुने इच्छा व्यक्त गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ असोज । वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले

काठमाडौँ, २२ असोज । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी सवारी भाडा नलिन सम्बद्ध सबैलाई आग्रह गरेको छ

काठमाडौँ, २२ असोज । भोजपुरमा ठुलो परिमाणमा गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार हतुवागढी

काठमाडौँ, २२ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ