विश्वकप च्याम्पियन इटालियन गोलकिपर बफोन नेपाल आउने

काठमाडौँ, ९ फागुन । फिफा विश्वकप विजेता इटालीका गोलकिपर जियानलुजी बफोन नेपाल आउने भएका छन् ।

इटलीका पूर्वकप्तान तथा विश्वकै उत्कृष्ट गोलकिपरमध्ये एक मानिने बफोन केपी ओली कप फुटबल प्रतियोगिताको अवसरमा पारेर नेपाल आउन लागेका हुन् ।

केपी‌ ओली कपको आयोजक राष्ट्रिय युवा संघ नेपालका अनुसार कपको तेस्रो संस्करण यही फागुन ११ देखि १९ गतेसम्म हुनेछ । त्यस प्रतियोगिताको फाइनल खेल दौरान बफोन काठमाडौँमा आउने लागेका हुन् ।

बफोन नेपाल आए उनी नेपालमा आउने विश्व फुटबलकै ठूला नाम हुनेछन् । सन् २००६ को फिफा विश्वकप जितेका बफोनले कीर्तिमानी १७६ अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनी सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने गोलकिपर हुन् । उनले इटलीका लागि ८० खेलमा कप्तानी समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असोज । धनकुटाको चौबिसे गाउँपालिकामा तास खेलिरहेको अवस्थामा प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले उनीहरुको साथबाट नगद

काठमाडौँ, १३ असोज । बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या १२ पुगेको छ । प्रहरीका अनुसार बागलुङको विभिन्न स्थानमा

काठमाडौँ, १३ असोज । डडेलधुरामा एक प्रहरी जवान मृत अवस्थामा फेला परेका छन् । बैतडीको सिगास गाउँपालिका–३ घर भएर जिल्ला प्रहरी

काठमाडौँ, १३ असोज । बाढी र पहिरोका कारण अवरुद्ध भएको बीपी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छन । नेपाल प्रहरीका अनुसार