इजरायलमा तीनवटा बसमा विस्फोट

एजेन्सी, ९ फागुन । इजरायलको प्रमुख सहरमध्ये एक तेलअभिभको दक्षिणमा अवस्थित बाट याम सरमा तीनवटा बसमा विस्फोट भएको छ ।

यी विस्फोटहरूमा अहिलेसम्म कुनै हताहतको विवरण आएको छैन । इजरायली प्रहरीले यसलाई शंकास्पद आतंकवादी हमला भनेको छ । इजरायली प्रहरीले दुई अन्य बसमा बम विस्फोट गराउने उद्देश्यले राखिएका विस्फोटक पदार्थ निष्क्रिय पारेको छ ।

इजरायलका यातायातमन्त्री मिरी रागेभले देशका सबै बस र रेलहरूको आवागमनमा रोक लगाएकी छन् । विस्फोट गराउन कुनै विस्फोटक पदार्थ जडान गरिएको हुनसक्नै भन्दै अनुसन्धान गर्न यस्तो निर्णय गरिएको हो । 

इजरायलका रक्षामन्त्री इजरायल काट्जले इजरायल रक्षा बललाई वेस्ट बैंकका शरणार्थी शिविरहरूमा ‘गतिविधि बढाउन’ आदेश दिएका छन् । इजरायल रक्षा बलले विज्ञप्ति जारी गर्दै आईडीएफले इजरायल प्रहरी र शिन ब्याट सुरक्षा एजेन्सीसँग मिलेर बाट याममा भएको घटनाको अनुसन्धान गरिरहेको बताएको छ । बीबीसी

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ असोज । वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले

काठमाडौँ, २२ असोज । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी सवारी भाडा नलिन सम्बद्ध सबैलाई आग्रह गरेको छ

काठमाडौँ, २२ असोज । भोजपुरमा ठुलो परिमाणमा गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार हतुवागढी

काठमाडौँ, २२ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ