गाजाका स्कूलमा इजरायली सेनाको आक्रमण, २ जनाको मृत्यु

एजेन्सी, ७ फागुन । इजरायली सेनाको फेरि गाजा क्षेत्रमा आक्रमण गरेको छ ।

थाजाको रफाह क्षेत्रमा भएको आक्रमणमा दुई जना प्यालेस्टिनीहरूको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संयुक्त राष्ट्र संघद्वारा सञ्चालित तीन विद्यालयहरूका साथै एक व्यवसायिक तालिम केन्द्रमा आक्रमण भएको हो ।

युद्धविरामको दोस्रो वार्ताको तयारी भए पनि इजरायलले आक्रमण जारी राखेको छ । इजरायलका विदेशमन्त्री गिदोन सारले गाजा युद्धविराम सम्झौताको दोस्रो चरणको वार्ता यसै साता हुने भनेका छन् ।

हमासले बिहीबार चार बन्धकहरूको शव र शनिबार थप ६ जना जीवित बन्धकहरूलाई रिहा गर्न सहमत भएको छ । त्यसैले वार्ताका लागि इजरायल लचक भएको हो ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म गाजामा इजरायली आक्रमणमा परेर ४८ हजार २९१ प्यालेस्टिनीको मृत्यु भएको छ । एक लाख ११ हजार ७२२ जना घाइते भएका छन् । त्यहाँका भग्नावशेषमा धेरै बेपत्ता भएको र उनीहरु पनि मृत्यु भएको हुनसक्ने अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ असोज । वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले

काठमाडौँ, २२ असोज । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी सवारी भाडा नलिन सम्बद्ध सबैलाई आग्रह गरेको छ

काठमाडौँ, २२ असोज । भोजपुरमा ठुलो परिमाणमा गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार हतुवागढी

काठमाडौँ, २२ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ