सबै क्षेत्रबाट मुलुुकको अवस्थामा थप परिवर्तन ल्याउन प्रधानमन्त्रीको आग्रह

काठमाडौँ, ६ फागुन । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा आज सम्पन्न राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसभाको पाँचौ बैठक (सिनेट)ले चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रम स्वीकृत गरेको छ ।

प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको बैठकले रजिष्ट्रार प्रा श्याम लम्सालद्वारा प्रस्तुत नीति, योजना, कार्यक्रम र बजेटसम्बन्धी प्रस्तावहरु छलफलसहित स्वीकृत गरिएका हुन् । प्रतिष्ठानले हाल तीन सय ३० बेडको व्यवस्थाअन्तर्गत विभिन्न विषयमा विशेषज्ञ चिकित्सकको सेवा प्रदान गर्दै आएकामा आगामी दिनमा चार सय बेडको शिक्षण अस्पताल निर्माणसम्बन्धी गुरुयोजना पारित गरेको छ । सोका लागि अर्थ मन्त्रालयमा स्रोत सुनिश्चितताको प्रक्रिया अघि बढेको छ ।
बैठकले प्रतिष्ठानको सभा सदस्यमा पदेन पदाधिकारीका अतिरिक्त दलित, आदिवासी÷जनजाति तथा पिछडिएका वर्गबाट प्रतिनिधित्व हुने गरी कार्यकारी परिषद्को सिफारिसमा बलीभद्र राना, श्रीप्रकाश श्रेष्ठ, यमुना थापा मगर, सुशीला चौधरी, चन्दादातामध्येबाट सुदीप गौतम र कर्मचारीमध्येबाट विनोद दाहाललाई मनोनयनको निर्णउ गरेको छ ।

यस्तै बैठकले प्रतिष्ठानको स्वामित्वको अतिक्रमित जग्गा खाली गराई उपयोग ल्याउन, कार्यकारी परिषद्प सदस्यमा मनोनयन र कर्मचारी सेवा, शर्त नियमावलीलाई विस्तृत गृहकार्य गरी आगामी बैठकमा पेस गर्न निर्देशन दिएको छ ।

प्रतिष्ठानको आर्थिक वर्ष २०७९/०८० र २०८०/८१ को बजेट तथा कार्यक्रम तत् तद् समयमा बैठक बस्न नसकी पछि अनुमोदन गर्नुपर्ने अवस्था आउने खालका कमजोरी आगामी दिनमा नगर्न प्रधानमन्त्री ओलीले निर्देश गर्नुभयो । उहाँले नियम, विधि र प्रक्रिया पूरा गरी समयभित्रै कार्य सम्पन्न गर्ने अभ्यासमा जान आग्रह गर्दै नेपाली जनताको खुसी र मुलुकको समृद्धिमा ध्यान दिएर सबै क्षेत्रबाट अवस्थामा थप परिवर्तन ल्याउन पनि जोढड दिनुुभयो ।

बैठकले आगामी बजेट निर्माणका लागि रजिष्ट्रार लम्सालको संयोजकत्वमा समिति गठन गरेको छ । बैठकमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री एवं सहकुलपति प्रदीप पौडेल र प्रतिष्ठानका उपकुलपति डा विकास लामिछाने, राष्ट्रिय योजना आयोगका सदस्य, स्वास्थ्य र अर्थ मन्त्रालयका सचिवहरुलगायत सहमागी हुनुुहुुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० भदौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री बालेन्द्र

काठमाडौँ, १० भदौ । बाढीबाट उत्पन्न परिस्थितिका कारण प्रतिनिधि सभाको बैठक स्थगित गरिएको छ । बिहीबार दिउँसो १ बजे बस्ने

काठमाडौँ, १० भदौ । रसुवा र नुवाकोटमा बाढीका कारण प्रभावितहरूको उद्धारलाई पहिलो प्राथमिकतामा राखिएको गृहमन्त्री सुधन गुरुङले बताएका छन् ।

काठमाडौँ, १० भदौ । सरकारले भोटेकोशी बाढीबाट घाइतेहरूको निःशुल्क उपचार गर्ने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै