पाकिस्तानमा आतंकवादी हमलामा ४ सैनिकको मृत्यु

एजेन्सी, ६ फागुन । च्याम्पियन्स ट्रफीको एक दिनअघि पाकिस्तानमा ठूलो आतंकवादी हमला भएको छ ।

अज्ञात बन्दुकधारीहरूले अर्धसैनिक बललाई निशाना बनाएका हुन् । यस आक्रमणमा चार सैनिकको ज्यान गएको छ भने अन्य पाँच जना घाइते भएका छन् ।

आतंकवादीहरूले पाकिस्तानको हिंसा प्रभावित जिल्ला कुर्रममा यो हमला गरेका हुन्। गत वर्ष कुर्रममा शिया र सुन्नी समुदायबीच हिंसा भड्किएको थियो । अफगानिस्तानको सीमा नजिक रहेको यस जिल्लामा हिंसाको लामो इतिहास छ।

आतंककारीहरूले सोमबार राति तल्लो कुर्रमको ओचिट क्षेत्रमा अर्धसैनिक बल कुर्रम मिलिसिया टोलीलाई आक्रमण गरेका सुरक्षा अधिकारीहरूले बताएका छन्। अघिल्लो दिन अत्यावश्यक वस्तु बोकेको काफिलामा पनि आक्रमण भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ असोज । वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले

काठमाडौँ, २२ असोज । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी सवारी भाडा नलिन सम्बद्ध सबैलाई आग्रह गरेको छ

काठमाडौँ, २२ असोज । भोजपुरमा ठुलो परिमाणमा गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार हतुवागढी

काठमाडौँ, २२ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ