शिक्षामन्त्रीद्वारा पढाइ सकिएकै वर्षमा ट्रान्सक्रिप्ट र प्रोभिजनल उपलब्ध गराउन निर्देशन

काठमाडौँ, ६ फागुन । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सरकारले पढाइ सकिएकै वर्षमा प्रमाणपत्र उपलब्ध गराउन अनलाइनबाटै ट्रान्सक्रिप्ट र प्रोभिजनल आवेदन दिन मिल्‍ने गरी निर्देशन दिएकी छन् ।

आज त्रिभुवन विश्वविद्यालय, विश्वविद्यालय अनुदान आयोग र शिक्षा मन्त्रालयका पदाधिकारीहरूबीच भएको बैठकमा शिक्षामन्त्री विद्या भट्टराईले अनलाइनबाटै ट्रान्सक्रिप्ट र प्रोभिजनल आवेदन दिन मिल्‍ने गरी निर्देशन दिएकी हुन् ।

बैठकमा त्रिविको वार्षिक क्यालेण्डर कार्यान्वयन, स्ववियु निर्वाचन व्यवस्थापन, समकक्षता समयमै दिने र परीक्षाफल प्रकाशन तथा अनलाइनबाटै ट्रान्सक्रिप्ट वितरणलाई प्रभावकारी बनाउने विषयमा सहमति भएको शिक्षामन्त्री विद्या भट्टराईले बताइन् ।

‘त्रिविको वार्षिक क्यालेण्डरलाई कडाइका साथ कार्यान्वयन गर्ने र यसका लागि आवश्यक परे जनशक्ति व्यवस्थापन गर्ने सहमति भएको छ । आंगिक क्याम्पसहरूलाई पनि अनिवार्य रूपमा क्यालेण्डर कार्यान्वयन गर्ने सहमति भएको छ,’ उनले भनिन्, ‘परीक्षाफल प्रकाशन र ट्रान्सक्रिप्ट वितरणलाई पनि समयमै गर्ने व्यवस्था मिलाउन निर्देशन दिएकी छु।’

यस्तै स्ववियु निर्वाचनलाई मर्यादित र व्यवस्थित रूपमा सम्पन्न गर्ने विषयमा पनि छलफल भएको छ। आगामी चैत ५ गते निर्वाचन गर्ने निर्णय भएको छ। क्याम्पसहरूले सूचना प्रकाशित भएको २१ दिनभित्र निर्वाचन सम्पन्न गर्ने, निर्वाचन स्थगित भएमा १५ दिनभित्र पुनः निर्वाचन गर्नुपर्ने तथा मन्त्रालय र विश्वविद्यालयबीच सीधा सम्पर्क कायम गरी निर्वाचनको तयारी र सुरक्षा व्यवस्थापन गर्ने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ असोज । भन्सार छली गरी भारतबाट नेपाल भित्र्याइएका १० थान इलेक्ट्रिक स्कुटर पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौँ, २ असोज । नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ भर्ना खुलाएको छ । प्रहरी सहायक निरीक्षक (असई) र प्रहरी कार्यालय

काठमाडौँ, २ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, २ असोज । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा भने