पोखरा विश्वविद्यालयको २० औं दीक्षान्त समारोह आयोजना हुँदै

काठमाडाैँ, ६ फागुन । पाेखरा विश्वविद्यालयले आफ्नो २०औं दीक्षान्त समारोह आगामी फागुन ८ गते पोखरा विश्वविद्यालय स्थित रहेको ढुंगेपाटन, कास्कीमा आयोजना गर्न लागेको बताएको छ । शिक्षाविद् जोर्ज जोनको प्रमुख आतिथ्यतामा हुन गइरहेको उक्त दीक्षान्त समारोहको अध्यक्षता प्रधानमन्त्री एवम् पोखरा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले गर्नुहुने उल्लेख गरेको छ । साथै, कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवम् विश्वविद्यालयका सह–कुलपति विद्या भट्टराईको समुपस्थिति रहने जानकारी दिएको छ ।

उक्त समारोहमा ७ हजार ८ सय ७२ विद्यार्थी दीक्षित हुनेछन् भने ३० जना विद्यार्थीलाई विशिष्ट पदक र ७ सय ४५ विद्यार्थीलाई डीन लिस्टको उपाधिबाट सम्मानित गरिने बताइएको छ । हाल देशभर रहेका विश्वविद्यालयका ४ वटा आंगिक क्याम्पस, ३ वटा संयुक्त आंगिक क्याम्पस तथा ५८ वटा सम्बन्धनप्राप्त कलेजहरूमा ६८ वटा कार्यक्रम सञ्चालनमा रहेको विश्वविद्यालयले बताएको छ जसमा हाल करिब ४० हजार विद्यार्थी अध्ययनरत रहेका छन् ।

पोखरा विश्वविद्यालयले समयानुकूल पाठ्यक्रम परिमार्जन, एकेडेमिक क्यालेन्डर अनुसार तोकिएको मितिमा नै भर्ना, परीक्षा र परीक्षाफल प्रकाशन गर्ने प्रक्रियाले विद्यार्थीहरूको आकर्षण बढाउन सफल भएको बताएको छ । यसको प्रमाण स्वरूप गत वर्षको तुलनामा ३८ प्रतिशतले विद्यार्थी संख्या वृद्धि भएको देखिएको जानकारी दिएको छ । विश्वविद्यालयले रोजगारी उन्मुख, बजारको माग अनुरूप उत्पादनमूलक र प्रविधिमा आधारित पाठ्यक्रम लागू गरेको बताएको छ । साथै शैक्षिक क्यालेन्डर अनुसार परीक्षा सञ्चालन र तीन महिनाभित्र नै परीक्षाफल प्रकाशन गर्ने निरन्तरता कायम राखेको जानकारी दिएको छ । यी प्रयासले विद्यार्थीहरूमा विश्वविद्यालयप्रति विश्वास र आकर्षण बढाउन महत्वपूर्ण भूमिका खेलेको विज्ञप्तिमा उल्लेख छ ।

पोखरा विश्वविद्यालयले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत वार्षिक रूपमा १५ सयभन्दा बढी विद्यार्थीलाई निःशुल्क छात्रवृत्ति प्रदान गर्दै आइरहेको उल्लेख गरेको छ । विश्वविद्यालयले शिक्षा, अनुसन्धान र समुदाय सेवाका क्षेत्रमा उल्लेखनीय योगदान दिँदै आएको बताएको छ ।

उक्त दीक्षान्त समारोह विश्वविद्यालयका सम्पूर्ण विद्यार्थी, शिक्षक, अभिभावक तथा सरोकारवालाहरूका लागि एक ऐतिहासिक अवसर हुने विश्वविद्यालयले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० कार्तिक । रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी

काठमाडौँ, १० कार्तिक । ‘गाभी, द भ्याक्सिन एलाइन्स’ ले सन् २०३० सम्म नेपाललाई ८ अर्ब ५९ करोड १९ लाख ६८ हजार

काठमाडौँ, १० कार्तिक । साउदी अरेबियाको पछिल्लो सुरक्षा अवस्था संवेदनशील बन्दै गएपछि रियादस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सम्पूर्ण नेपाली नागरिकलाई उच्च

काठमाडौँ, १० कार्तिक । प्रहरी प्रधान कार्यालयले विभिन्न कार्यालयमा कार्यरत रही लामो समयदेखि आफूखुसी गैरहाजिर रहेका ११ जना प्रहरी कर्मचारीहरूलाई