विराट गोल्डकप फुटबल फागुन १९ देखि हुने

काठमाडौँ, ६ फागुन । विराट गोल्डकप फुटबल प्रतियोगिताको नवौँ संस्करण यही फागुन १९ देखि २८ गतेसम्म विराटनगरको सहिद रंगशालामा आयोजना हुने भएको छ ।

विराट गोल्डकप टष्ट्रद्वारा सोमबार रंगशालामा आयोजित पत्रकार सम्मेलनमा फुटबल प्रतियोगिता ‘फ्लडलाइट्स’को माध्यमबाट रात्रिकालीन समयमा हुने जानकारी दिइएको हो ।

प्रतियोगितामा नेपाल र भारतका १० वटा ‘ए’ डिभिजनका टिमको सहभागी हुने प्रतियोगिताका संयोजक नवीन रिजालले जानकारी दिए । उनका अनुसार, नेपालको तर्फबाट एनआरटी, थ्रीस्टार, मछिन्द्र क्बल, चर्च ब्वाइज, विभिगीय टिम नेपाल पुलिस, एसपिएफ, त्रिभुवन आर्मी, आयोजक मोरङ टिम सहभागी हुनेछन् ।

प्रतियोगिताका विजेतालाई ११ लाख र उपविजेतालाई पाँच लाख पुरस्कार दिने जनाइएको छ । उत्कृष्ट प्रशिक्षकलाई १५ हजार, उत्कृष्ट गोलरक्षकलाई १५ हजार, सर्वाधिक गोलकर्तालाई नगद १५ हजार, दैनिक हुने खेलको उत्कृष्ट खेलाडीलाई ११ हजार पुरस्कार प्रदान गरिने संयोजक रिजालले जानकारी दिए ।

उनकाका अनुसार सर्वोकृष्ट हुने खेलाडीलाई ५१ हजार पुरस्कार प्रदान गरिने छ । प्रतियोगिता सम्पन्न गर्न एक करोड ५० लाख खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असोज । धनकुटाको चौबिसे गाउँपालिकामा तास खेलिरहेको अवस्थामा प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले उनीहरुको साथबाट नगद

काठमाडौँ, १३ असोज । बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या १२ पुगेको छ । प्रहरीका अनुसार बागलुङको विभिन्न स्थानमा

काठमाडौँ, १३ असोज । डडेलधुरामा एक प्रहरी जवान मृत अवस्थामा फेला परेका छन् । बैतडीको सिगास गाउँपालिका–३ घर भएर जिल्ला प्रहरी

काठमाडौँ, १३ असोज । अविरल वर्षापछि आएको बाढीले खानेपानीका मुख्य पाइपलाइनमा क्षति पुर्‍याएपछि बागलुङ बजारमा खानेपानीको समस्या भएको छ ।