विश्वविद्यालयबाट उत्पादित जनशक्तिको स्वदेशमै उपयोग हुनुपर्छ : मुख्यमन्त्री पाण्डे

कास्की, ५ फागुन । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वविद्यालयबाट उत्पादित जनशक्तिको स्वदेशमै उपयोग गर्नुपर्ने बताएका छन् ।

गण्डकी विश्वविद्यालयको पाँचौँ वार्षिकोत्सव समारोहमा मुख्यमन्त्री पाण्डेले विश्वविद्यालयले वर्तमानको आवश्यकताअनुसारको पाठ्यक्रम निर्माण एवं पठनपाठनको व्यवस्था मिलाउनुपर्ने बताए । अध्ययनकै लागि विदेशिने क्रम बढेको उल्लेख गर्दै उनले विश्वविद्यालयप्रति बढ्दो अविश्वासलाई दृष्टिगत गरी समयानुकूल व्यावसायिक र गुणस्तरीय शिक्षा दिनेतर्फ लाग्नुपर्ने आवश्यकता औँल्याए ।

गण्डकी प्रदेशका समाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले विश्वविद्यालय अनुसन्धान एवं नवप्रवद्र्धनका क्षेत्रमा अघि बढेको बताए । उनले प्रदेशको आवश्यकतालाई सम्बोधन हुने तवरबाट अघि बढ्नुपर्नेमा जोड दिए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

नयाँ दिल्ली, ३ असोज । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा व्यवसायिक नेताहरूलाई नेपालमा लगानी र व्यापारका अवसरहरूको

काठमाडौँ, ३ असोज । प्रधानमन्त्री वालेनद्र शाह (बालेन)ले सरकार विद्यमान संविधानप्रति सरकार पूर्णरुपमा प्रतिबद्ध रहेको बताएका छन् । आज संविधान दिवसको

काठमाडौँ, ३ असोज । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले कठिन परिस्थितिमा पनि राष्ट्रिय एकता, हातेमालो र एकजुट भई विकास र समृद्धितर्फ लम्किनु

काठमाडौँ, ३ असोज । आज संविधान दिवस मनाइँदै छ । २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी