नयाँदिल्ली रेलवे स्टेसनमा भागदौड हुँदा १८ जनाको मृत्यु

काठमाडौँ, ४ फागुन । भारतको राजधानी नयाँदिल्लीमा भागदौड हुँदा १८ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।

यो घटना प्लेटफर्म नम्बर १३ र १४ मा गएराति करिब साढे ९ बजेतिर भएको बताइएको छ । त्यतिबेला रेलवे स्टेसनमा मानिसहरुको निकै भिड थियो । दुई- प्लेटफर्म नम्बर १३ मा १६ नम्बर प्लेटफर्ममा रेल आएको अनाउन्समेन्ट भयो । त्यसपछि यात्रुहरु त्यतैतर्फ जानका लागि तछाडमछाड गर्न थाले । त्यसपछि मानिसहरु किल्चिए ।

रेल मन्त्रालयका प्रवक्ता दिलिप कुमारका अनुसार राति प्रयागराज एक्सप्रेस र मगध एक्सप्रेस रेलका थुप्रै प्यासेन्जरहरु स्टेसनमा जम्मा भएका थिए । सबैलाई यो नै आजको अन्तिम रेल हो भन्ने लाग्यो अनि सबैजना रेल चढ्न तछाडमछाड गर्दा भागदौड मच्चिएको बताए ।

घाइतेहरुलाई लोक नायक अस्पतालमा भर्ना गरिएको थियो । सो अस्पतालका प्रमुख प्रशासक ऋतु सक्सेनाले अस्पतालमा १५ जनाको ज्यान गएको बीबीसी हिन्दीलाई जानकारी दिएका छन् । तर भारतका अन्य न्युज च्यानलहरुले मृतकको संख्या १८ पुगेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ असोज । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले अल्पसंख्यक समुदायका माग र

काठमाडौँ, २३ असोज । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा चर्चित लोकदोहोरी गायक पशुपति शर्मा निर्विरोध चयन भएका छन्

काठमाडौँ, २३ असोज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट निर्वाचित चार जना जनप्रतिनिधिले दल परित्याग गरेपछि उनीहरूको पद स्वतः रिक्त

काठमाडौँ, २३ असोज । शिक्षकलाई सवारीसाधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (११औँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ