भक्तपुर, ३ फागुन । नेकपा (एमाले)को पोलिटव्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नतले पछिल्लो समय नयाँ शक्ति र स्वतन्त्रको नाममा आएका अराजकहरुको विरोधमात्र नभई निद हराम बनाउने उद्घोष गर्नुभएको छ ।
नेपाल उद्योग तथा व्यावसायी महासङ्घको भक्तपुरको दोस्रो जिल्ला अधिवेशन उद्घाटन समारोहमा बोल्दै नेता बस्नेतले सर्वहारा वर्गलाई काठमाडौँमा गरिखान नदिने हर्कतका विरुद्धमा आफु ५०औं पटक निर्वाचनमा हार्नु परे पनि तयार रहेको उल्लेख गर्नुभयो । काठमाडौँमा मेयर वालेन साहको गतिविधिको विरोध गरेका कारण भक्तपुर क्षे नं. २ मा नेता बस्नेत हानुर्् परेको भनि कतिपयले आरोेप लगाउने गरेका छन् । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साह तथा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्तालाई लक्षित गर्दै नेता बस्नेतले नयाँ भनाउँदाहरुले सामाजिक सञ्जालको दुरुपयोग गरी जनतालाई भ्रमको खेती गरिरहेको उल्लेख गर्नुभयो ।
उक्त समुहले सामाजिक सञ्जाललाई नै दुषित तुल्याइरहेको प्रति एमालेका नेता कार्यकर्ताहरुलाई सफाई गर्न हिच्किच्याउन नहुने धारणा राख्नुभयो । उनीहरुको नकारात्मकतालाई सकारात्मक ढंगले पराजित गर्नुपर्नेमा जोड दिँदै उहाँले सर्वहारा वर्गको पक्षमा रहेर लडिरहने उद्घोष गर्नुभयो । एमाले मााक्सर्ववादी विचार र जनताको बहुदलीय जनवादको मार्गदर्शक सिद्धान्तलाई अंगालेको पार्टी भएकाले गरिव जनताको पक्षमा दृढताका साथ गरिव जनताको पक्षमा उभिने बताउनुभयो । एमाले भक्तपुरको इन्चार्ज समेत रहनुभएकाले नेता बस्नेतले आफु पनि काँठ वस्तीको गरिव परिवारको सदस्य भएको स्मरण गर्दै नेतृत्वले काठमाडौँका सम्पूर्ण गरिवको पीडालाई आफ्नै पीडाकोे रुपमा हेर्नुुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘घर नजिकको बारिमा साग, काउली, मुला, आलुलगायतका विभिन्न तरकारी उत्पादन गरि डोकोमा बोकेर बानेश्वर, माइतीघरमा बेच्ने आमा र गोठमा गाईभैंसी पालेर क्यानमा दूध बोकेरसूर्यविनायक, कोटेश्वर, बानेश्वर तिर बेच्ने बुबाहरुले आय आर्जन गरेको दुईचार पैसाले दुईचार अक्षर पढेर केही जान्ने बुझ्ने भएका हौं, हामी काँठका युवाहरू । म त्यही युवा वर्गको प्रतिनिधित्व गर्दै आज जुन ठाउँमा छु, त्यहाँ रहेर यी नयाँ भनिएकाहरुको परिवर्तन र शहरीकरणको नाममा ती आमा र बुबाहरुको डोको, नाङ्लो, ठेलागाडा र बिक्री गर्ने समानहरु फालिदिएर अत्याचार गर्ने अराजकहरुको विरोध गर्न हिच्किचाउदिन । सर्बहारा वर्गलाई गरिखान नदिने यस्ता हर्कतहरुको विरोध गर्दा फेरि मात्र होईन, अब ५० पटक चुनाव हार्न परे पनि म आफू तयार छु । तर नयाँ भनिएका यस्ता अराजक गतिविधि र हर्कतहरुको विरोधमात्र, होईन यिनीहरुको निद हराम नभएसम्म मेरो यो अभियान रोकिने छैनन । म यस्ता हर्कत र अराजकहरुका विरुद्धमा उभिइरहने छु ।’
कार्यक्रममा नेकपा (एमाले) केन्द्रीय सदस्य सोम मिश्र, निर्मल भट्टराई, एमाले भक्तपुर जिल्ला कमिटी अध्यक्ष बचन देउजालगायतको उपस्थिती रहेको थियो ।