नरेन्द्र मोदी र डोनाल्ड ट्रम्पबीच ह्वाइट हाउसमा भेटवार्ता

वासिङ्टनमा, २ फागुन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिच ह्वाइट हाउसमा द्विपक्षीय वार्ता भएको छ । 

वार्तापछि दुई नेताले संयुक्त पत्रकार सम्मेलन गरेका छन्। सो अवसरमा बोल्दै अमेरिकी राष्ट्रपति ट्रम्पले २००८ को मुम्बई आक्रमणका आरोपी तहव्वुर राणालाई भारत सुपुर्दगी गर्ने घोषणा गरे।

त्यस्तै प्रधानमन्त्री मोदीले भने, ‘भारत र अमेरिकाको एकता र सहयोगले राम्रो संसारलाई आकार दिन सक्छ भन्नेमा हामी विश्वास गर्छौं । भारत र अमेरिका बिचको साझेदारीले लोकतन्त्र र लोकतान्त्रिक मूल्यमान्यता र प्रणालीहरूलाई बलियो बनाउँछ। हामी इन्डो-प्यासिफिकमा शान्ति, स्थिरता र समृद्धि बढाउन सँगै काम गर्नेछौँ।’

प्रधानमन्त्री मोदीले दुवै देशले सन् २०३० सम्ममा द्विपक्षीय व्यापार दोब्बर गर्ने लक्ष्य राखेको जिकिर गरे । उनले भने, ‘भारत र अमेरिका आतंकवाद विरुद्धको लडाइँमा दृढतापूर्वक एकसाथ उभिएका छन्। सीमापार आतंकवाद उन्मूलन गर्न ठोस कारबाही आवश्यक रहेकोमा हामी सहमत छौँ ।’

‘भारतसँग अमेरिकाको व्यापार घाटा लगभग १०० अर्ब डलर छ,’ ट्रम्पले भने, ’मोदी र म पारस्परिक व्यापारलाई सुदृढ पार्न र अमेरिकीहरूका लागि यसलाई अझ ‘निष्पक्ष’ बनाउन छलफल सुरु गर्नेछौँ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ असोज । वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले

काठमाडौँ, २२ असोज । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी सवारी भाडा नलिन सम्बद्ध सबैलाई आग्रह गरेको छ

काठमाडौँ, २२ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, २२ असोज । आज विश्व दृष्टि दिवस मनाइँदैछ । ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ विविध कार्यक्रम