नेपाल सुपर लिगको अक्सन फागुन १० गते हुने

काठमाडौँ, १ फागुन । तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलका लागि यही फागुन १० गते अक्सन हुने भएको छ ।

आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले १० गते  (फेब्रुअरी २२) अक्सन हुने जानकारी गराएको छ । एनएसएलको तेस्रो संस्करणमा ७ टिमले प्रतिस्पर्धा गर्ने भएका छन्  ।

यसअघि पहिलो संस्करणमा ७टिमले प्रतिस्पर्धा गरेका थिए । दोस्रो संस्करणमा टिम संख्या बढाएर ९ पुर्‍याइएको थियो । तेस्रो संस्करणमा फेरि ७ टिमले मात्र खेल्ने भएका छन् । दोस्रो संस्करण खेलेका स्पोर्टिङ इलाम र वीरगंज युनाइटेड तेस्रो संसकरणमा सहभागि छैन ।

यस्तै पहिलो संस्करणक खेलेका ६ टोली काठमाडौँ रेजर्स एफसी ललितपुर सिटी एफसी एपसी चितवन धनगढी एफसी पोखरा थण्डर्स र बुटवल लुम्बिनी एफसी सहित दोस्रो संस्करणमा थपिएको झापा एफसीले तेस्रो संस्करण खेल्नेछन् । तेस्रो संस्करणको एनएसएल आगामी मार्च २९ बाट सुरु हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ चैत । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ११ सय

काठमाडौँ, ५ चैत । काठमाडौँबाट ठूलो परिमाणमा विभिन्न देशका मुद्रा (पैसा) नेपाल प्रहरीको विशेष टोलीले बरामद गरेको छ । प्रहरीका

चितवन, ५ चैत । कुखुराको चल्ला कोरल्न प्रयोग गरिने दुई सय ३६ ह्याचरी उद्योग बन्द भएका छन् । कोभिडपछि लागत

काठमाडौँ, ५ चैत । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ । गोलभेडा