म्यानमारबाट सयौँ विदेशीलाई गरियो रिहा

एजेन्सी, १ फागुन । म्यानमारको कारेन राज्यमा साइबर ठगी चलाइरहेका ‘स्क्याम सेन्टर’ हरूबाट सयौँ विदेशीलाई रिहा गरिएको छ ।

त्यहाँको जनजातीय सशस्त्र समूहले त्यस्तास्क्याम सेन्टरमा जबर्जस्ती काम गर्न बाध्य २० देशका २५० भनदा धेरै नागरिकलाई रिहा गरेका हुन् । यिनीहरू सबैलाई थाइल्यान्ड ल्याइ पुर्‍याइएको बताइएको छ । यी कामदारहरूमध्ये आधाभन्दा धेरै अफ्रिकी वा एसियाली मूलको भएको बताइएको छ । 

यी मानिसहरू मानव तस्करीबाट पीडित थिए कि थिएन भनेर खोजबिन भइरहेको बताइएको छ । गएको हप्ता थाई प्रधानमन्त्री पेतोङतार्न शिनावात्राले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई भेटेकी थिइन् । यस भेटमा उनले थाइल्यान्ड र म्यानमारको सीमामा मौलाइरहेका स्क्याम सेन्टरहरू बन्द गर्ने वाचा गरेकी थिइन् । उनको सरकारले सीमावर्ती क्षेत्रमा बिजुली र इन्धनमा पहुँच रोकेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ चैत । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पूर्वराजा ज्ञानेन्द्र शाहले संविधान विपरीत काम गरेकाले कारबाही गर्न माग गरेका

काठमाडौँ, ७ चैत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटका लागि सुझाव दिन सार्वजनिक अनुरोध गरेको छ ।  आर्थिक

काठमाडौँ, ७ चैत । प्रतिनिधि सभाको बैठक ११ बजेदेखि सुरु भएको छ । प्रत्यक्ष प्रसारण (LIVE)

काठमाडौँ, ७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहनुुभएका माल्दोभाका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री मिहेल पोप्सोइले आज शिष्टाचार भेट