म्यानमारबाट सयौँ विदेशीलाई गरियो रिहा

एजेन्सी, १ फागुन । म्यानमारको कारेन राज्यमा साइबर ठगी चलाइरहेका ‘स्क्याम सेन्टर’ हरूबाट सयौँ विदेशीलाई रिहा गरिएको छ ।

त्यहाँको जनजातीय सशस्त्र समूहले त्यस्तास्क्याम सेन्टरमा जबर्जस्ती काम गर्न बाध्य २० देशका २५० भनदा धेरै नागरिकलाई रिहा गरेका हुन् । यिनीहरू सबैलाई थाइल्यान्ड ल्याइ पुर्‍याइएको बताइएको छ । यी कामदारहरूमध्ये आधाभन्दा धेरै अफ्रिकी वा एसियाली मूलको भएको बताइएको छ । 

यी मानिसहरू मानव तस्करीबाट पीडित थिए कि थिएन भनेर खोजबिन भइरहेको बताइएको छ । गएको हप्ता थाई प्रधानमन्त्री पेतोङतार्न शिनावात्राले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई भेटेकी थिइन् । यस भेटमा उनले थाइल्यान्ड र म्यानमारको सीमामा मौलाइरहेका स्क्याम सेन्टरहरू बन्द गर्ने वाचा गरेकी थिइन् । उनको सरकारले सीमावर्ती क्षेत्रमा बिजुली र इन्धनमा पहुँच रोकेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ असोज । वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले

काठमाडौँ, २२ असोज । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी सवारी भाडा नलिन सम्बद्ध सबैलाई आग्रह गरेको छ

काठमाडौँ, २२ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, २२ असोज । आज विश्व दृष्टि दिवस मनाइँदैछ । ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ विविध कार्यक्रम