अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताका लागि नेपाली टोली घोषणा

काठमाडौँ, १ फागुन । काठमाडौँमा आगामी सातादेखि सुरू हुने चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा खेल्ने नेपालको अन्तिम टोली घोषणा भएको छ ।

प्रशिक्षक राजेन्द्र तामाङले बिहीबार २३ सदस्यीय टोली सार्वजनिक गरेका हुन् । एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा रहेको टोलीमा दुई नयाँ खेलाडी छन् ।

टोलीमा कप्तान एन्जिलासँगै अन्जना राना मगर र उषा नाथ गोलरक्षकका रूपमा छन् । त्यस्तै डिफेन्डरहरूमा अमृता जैसी, गिता राना, बिमला बिक, पुजा राना, निशा थोकर, समिक्षा घिमिरे, बिमला चौधरी र मनमाया दमाइ छन् ।

मिडिफिल्डरमा अनिता बस्नेत, रेनुका नगरकोटी, प्रीति राई, सरु लिम्बु, सबिता रानामगर, रेनुका हमाल र सुष्मा तामाङ छन् । फरवार्डमा साबित्रा भण्डारी, रेखा पौडेल, रश्मी कुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी छन् ।

डिफेन्डर मनमाया दमाइ र मिडफिल्डर सुष्मा तामाङ पहिलोपटक राष्ट्रिय टोलीमा परेका हुन् । साफ च्याम्पियनसिपका दौरान घाइते भएका हिराकुमारी भुजेल र दिपा शाहीको स्थानमा उनीहरू आएको प्रशिक्षक राजेन्द्र तामाङले जनाए । वाफमा खेलेकी रेनुका हमाल र चन्द्रा टोलीमा फर्किएका छन् ।

साफ खेलेको टिममा रहेकी डिफेण्डर सजनी थोकर पनि बाहिर छिन् । डिफेन्समा मनमाया सहित बिमला चौधरीलाई राखिएको छ । आर्मीको प्रशिक्षणमा रहेकी अमिषा कार्कीको स्थानमा चन्द्रा आएकी हुन् । क्लब फुटबलका लागि बाहिर रहेका खेलाडीमध्ये एन्जिला नेपाल आइसकेकी छन् । रेखा र साम्बा आउन बाँकी छ ।

आगामी फागुन ५ देखि एन्फाको आयोजनामा दशरथ रंगशालामा नेपाल, म्यानमार, लेबनान र कीर्गिस्तान सम्मिलित महिला फुटबल प्रतियोगिता हुँदै छ । नेपालमा पहिलोपटक चारदेशीय महिला फुटबल प्रतियोगिता हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ चैत । काठमाडौँ उपत्यकामा बिहीबारबाट फेरि प्रदूषण बढेको छ । वातावरण विभागका आनुसार, बिहीबार बिहान ११ः३० बजे शंखपार्कको वायुको

काठमाडौँ, ७ चैत । व्यक्ति हत्याको कसुरमा दोषी ठहर भएर २० वर्ष कैद सजाय सुनाइएका एक जना व्यक्ति २० वर्षपछि पक्राउ

काठमाडौँ, ७ चैत । सिन्धुपाल्चोकमा ठूलो परिमाणमा विद्युतीय चुरोट (भेप) प्रहरीले बरामद गरेको छ । गएराति चीनको तातोपानी नाका हुँदै

काठमाडौँ, ७ चैत । सिन्धुलीमा नुहाउने क्रममा खोलामा डुबेर एक किशोरीको मृत्यु भएको छ । वाग्मती प्रदेश प्रहरी कार्यालयका अनुसार