व्यवस्था परिवर्तन पछिको उपलब्धिहरूलाई संस्थागत गर्नुपर्छ : प्रकाशमान सिंह

काठमाडौँ, १ फागुन । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले व्यवस्था परिवर्तन पछिको उपलब्धिहरूलाई संस्थागत गर्नुपर्ने बताएका छन् ।

आज नेपाली कांग्रेस मकवानपुरले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सिंहले व्यवस्थाका उपलब्धिहरूलाई संस्थागत गर्दै सकारात्मक ढङ्गबाट अघि बढ्नुपर्ने बताए । 

उनले राजनीतिक परिवर्तन जोगाउन आर्थिक समृद्धिलाई ध्यान दिनुपर्ने बताए । आर्थिक समृद्धिलाई नागरिकहरूले महसुस गरेको खण्डमा व्यवस्थाले स्थायित्व प्राप्त गर्ने उनको भनाई छ ।

मन्त्री सिंहले नागरिकहरूको लागि लक्षित गरी संविधानले निर्दिष्ट गरेको अधिकारहरू सहज उपभोगमा सरकारले काम गर्नुपर्ने बताए । नागरिकका आवश्यकता र चाहना पुरा भए मात्र राजनीति सही ट्र्याकमा आउने भएकाले त्यसमा कांग्रेसले विशेष ध्यान दिन जरुरी रहेको उनले औँल्याए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ चैत । काठमाडौँ उपत्यकामा बिहीबारबाट फेरि प्रदूषण बढेको छ । वातावरण विभागका आनुसार, बिहीबार बिहान ११ः३० बजे शंखपार्कको वायुको

काठमाडौँ, ७ चैत । व्यक्ति हत्याको कसुरमा दोषी ठहर भएर २० वर्ष कैद सजाय सुनाइएका एक जना व्यक्ति २० वर्षपछि पक्राउ

काठमाडौँ, ७ चैत । सिन्धुपाल्चोकमा ठूलो परिमाणमा विद्युतीय चुरोट (भेप) प्रहरीले बरामद गरेको छ । गएराति चीनको तातोपानी नाका हुँदै

काठमाडौँ, ७ चैत । सिन्धुलीमा नुहाउने क्रममा खोलामा डुबेर एक किशोरीको मृत्यु भएको छ । वाग्मती प्रदेश प्रहरी कार्यालयका अनुसार