छोरीलाई शिक्षा दिएर बालविवाह रोकथाम गर्न सकिन्छ : मुख्यमन्त्री सिंह

जनकपुर, ३० माघ । मधेस प्रदशका मुख्यमन्त्री सतिशकुमार सिंहले शिक्षामा पहुँच र शिक्षा प्राप्तिबाट बालविवाह रोक्न सकिने धारणा राखे । उनले छोरीलाई शिक्षा दिएर बालविवाह रोकथान गर्न सकिने बताए ।

आज जनकपुरधामस्थित मुख्यमन्त्री निवास पुगेका बालविवाहमुक्त नेपालका लागि काम गरिररहेका ‘जस्ट राइट्स फर चिल्ड्रेन इन नेपाल’, बेस नेपालका प्रतिनिधि र बालबालिकासँग मुख्यमन्त्री सिंहले गरिबीको रेखामुनि रहेका बहुसङ्ख्यक जनतामा छोरीको विवाह गरेर बोझ हटाउने मानसिकताका कारण बालविवाहले प्रश्रय पाइरहेको बताएका छन् ।

मुख्यमन्त्री सिंहले पछिल्ला समयमा देखापरेका विकृति तथा विसङ्गति निर्मूल गरी छोरी शिक्षाका लागि अभिभावकमा संवेदनशीलता बढाउन बालिकाहरूले घरभित्र पनि असल मत निर्माणमा अग्रसरता लिनुपर्ने उल्लेख गरे । उनले पछिल्लो समय सामुदायिक विद्यालयमा बालिकाको सङ्ख्यात्मक उपस्थिति उल्लेख्य रहेको, उच्चशिक्षा प्राप्त गरी चिकित्सा, इञ्जिनियरिङलगायत पेसामा महिलाले अब्बल प्रदर्शन गरिरहेको स्थितिले उत्साह सिर्जना गरिरहेको धारणा राखे ।

उनले उमेर नपुगी र शिक्षा प्राप्ति नसकिँदासम्म छोरीको विवाह नगर्न सचेतना जागरणमा दातृ निकाय, गैरसरकारी संस्थालगायत सरोकार भएका सबै थप सक्रिय हुनुपर्ने आवश्यकता औँल्याए । मुख्यमन्त्री सिंहले मधेस प्रदेशमा सरकारी सेवातर्फ ५० प्रतिशत महिला आरक्षण रहेको जनाउँदै छोरीलाई शिक्षा आर्जन गरी प्रतिस्पर्धात्मक बाटोबाट अवसर प्राप्त गर्न प्रदेशमा सहज रहेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० कार्तिक । रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी

काठमाडौँ, १० कार्तिक । ‘गाभी, द भ्याक्सिन एलाइन्स’ ले सन् २०३० सम्म नेपाललाई ८ अर्ब ५९ करोड १९ लाख ६८ हजार

काठमाडौँ, १० कार्तिक । साउदी अरेबियाको पछिल्लो सुरक्षा अवस्था संवेदनशील बन्दै गएपछि रियादस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सम्पूर्ण नेपाली नागरिकलाई उच्च

काठमाडौँ, १० कार्तिक । प्रहरी प्रधान कार्यालयले विभिन्न कार्यालयमा कार्यरत रही लामो समयदेखि आफूखुसी गैरहाजिर रहेका ११ जना प्रहरी कर्मचारीहरूलाई