काठमाडौँ, ३० माघ । चलचित्र ‘परालको आगो’मा कलाकार जितु नेपाल अनुबन्धित भएका छन् ।
निर्माता सुशील पोखरेलले जितुलाई चलचित्रमा अनुबन्ध गरेका हुन् । कथाकार गुरुप्रसाद मैनालीको कृति ‘परालको आगो’मा आधारित रहेर निर्माण हुने यो चलचित्रमा जितु प्रमुख दुई पात्रमध्ये एक हुन् । अभिनेत्रीमा सुहाना थापा फाइनल भइसकेकी छन् ।
चलचित्रमा संकल्प भुजेलको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, सत्य–स्वरुपराज आचार्यको संगीत रहनेछ । ‘परालको आगो’ २०८२ मा प्रदर्शन हुनेछ ।