सिमेन्टको मूल्यवृद्धिविरुद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडौँ, ३० माघ । माओवादी केन्द्रका मधेस प्रदेश सांसद रहबर अन्सारीले सिमेन्टमा अस्वाभाविक मूल्यवृद्धि नियन्त्रणको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । 

माओवादी केन्द्रका मधेस प्रदेश सांसद रहबर अन्सारीले सर्वोच्च अदालतमा मंगलबार रिट दायर गरेका हुन् । रिटको पेशी बुधबार तोकिएको अन्सारीले बताए । 

अन्सारीको रिटमा नेपालको संविधानको धारा ४६ र १३३ (२) (३) को आधारमा परमादेश लगायत अन्य आवश्यक आदेश जारी गरी पाउँ भनिएको छ । रिटमा नेपाल सरकारका गृह मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र नेपाल सिमेन्ट उत्पादक संघलाई विपक्षी बनाइएको छ ।

रिटमा कात्तिक १ गते ओपीसी सिमेन्टको करसहित प्रतिबोरा ४७२ रुपैयाँमा बिक्री गरेकोमा मङ्सिर १७ गतेसम्म ६३० रुपैयाँमा उद्योगले बेच्ने गरेको उल्लेख छ । रिटमा उठान गरिएको विषय सार्वजनिक चासोको विषय भएकोले यो विषयक किनारा नहुञ्जेलसम्म तत्काल सिमेन्ट स्वाभाविक रूपमा, पहिलेको उचित मूल्यमा उपलब्ध गर्न गराउन निवेदकको माग छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ चैत । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ११ सय

काठमाडौँ, ५ चैत । काठमाडौँबाट ठूलो परिमाणमा विभिन्न देशका मुद्रा (पैसा) नेपाल प्रहरीको विशेष टोलीले बरामद गरेको छ । प्रहरीका

चितवन, ५ चैत । कुखुराको चल्ला कोरल्न प्रयोग गरिने दुई सय ३६ ह्याचरी उद्योग बन्द भएका छन् । कोभिडपछि लागत

काठमाडौँ, ५ चैत । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ । गोलभेडा