नेप्से परिसूचक ७ अंकले बढ्यो

काठमाडौँ, २९ माघ । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक मंगलबार ६.५४ अंकले बढेको छ ।

आज नेप्से ०.२४ प्रतिशतले बढेर २,६८३.८६ को विन्दुमा पुगेको छ । आज सात अर्ब २४ करोड ६२ लाख रुपैयाँमा एक करोड ३९ लाख ६८ हजार २५८ कित्ता सेयर किनबेच भएको छ ।

मंगलबार १३४ कम्पनीको सेयरमूल्य बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । यस्तै, ९८ कम्पनीको सेयरमूल्य घट्दा ११ को स्थिर छ । कारोबार भएका १३ मध्ये आठ समूहको समुहगत परिसूचक घटेको छ भने पाँच वटाको बढेको छ ।

यसदिन सिकलेस, भगवती र रसुवागढी हाइड्रोको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै गुमाउनेमा भूगोल इनर्जी विकास बैंकको सेयरमूल्य १० प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ चैत । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ११ सय

काठमाडौँ, ५ चैत । काठमाडौँबाट ठूलो परिमाणमा विभिन्न देशका मुद्रा (पैसा) नेपाल प्रहरीको विशेष टोलीले बरामद गरेको छ । प्रहरीका

चितवन, ५ चैत । कुखुराको चल्ला कोरल्न प्रयोग गरिने दुई सय ३६ ह्याचरी उद्योग बन्द भएका छन् । कोभिडपछि लागत

काठमाडौँ, ५ चैत । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ । गोलभेडा