६ महिनामा २८ अर्बको आईटीसम्बन्धी वस्तु तथा सेवा निर्यात

काठमाडौँ, २९ माघ । नेपालबाट सूचना–प्रविधि (आईटी)सम्बन्धी वस्तु तथा सेवाको आयात बढ्दै गएको छ ।

चालु आर्थिक वर्ष २०८१/०८२ को ६ महिनामा २८ अर्ब पाँच करोड रुपैयाँभन्दा बढीको आईटी वस्तु तथा सेवा निर्यात भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार साउनदेखि पुससम्म आईटी निर्यात गरिएको हो । यसअवधिमा तीन अर्ब ५२ करोड रुपैयाँभन्दा बढीको आईटी वस्तु तथा सेवा आयात भएको छ ।

साउनदेखि मसिंरसम्म पाँच महिनामा आईटी निर्यात २२ अर्ब ८९ करोड ४८ लाख रुपैयाँ थियो । एक महिनामै करिब पाँच अर्ब १६ करोड रुपैयाँबढीको निर्यात भएको हो । दूरसञ्चार, कम्प्युटर तथा इन्फर्मेसनसम्बन्धी सेवा गत आर्थिक वर्ष २०८०/०८१ मा १५ अर्ब ५४ करोड रुपैयाँको  निर्यात भएको थियो । आर्थिक वर्ष २०७९/०८० मा १५ अर्ब ८० करोड ९४ लाख रुपैयाँ र आर्थिक वर्ष २०७८/०७९ मा १४ अर्ब ५३ करोड २७ लाख रुपैयाँको निर्यात भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २३ असाेज । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत Ms. Francoise Puig-Unza (फ्रान्स्वाज पुइग–इन्जा)

काठमाडौँ, २३ असाेज । जिल्ला भूमि समस्या समाधान समिति डधेल्धुराले साविकको जोगबुढा गाविस वडा नं १ (हाल परशुराम न.पा. वडा

महोत्तरी, २३ असाेज । महोत्तरीको एकडारा गाउँपालिका १ (साविक एकडारा गा.वि.स वडा नं १,२,३,४ र ६) का २५० परिवारले नापजाँच

काठमाडौँ, २३ असोज । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले अल्पसंख्यक समुदायका माग र