६ महिनामा २८ अर्बको आईटीसम्बन्धी वस्तु तथा सेवा निर्यात

काठमाडौँ, २९ माघ । नेपालबाट सूचना–प्रविधि (आईटी)सम्बन्धी वस्तु तथा सेवाको आयात बढ्दै गएको छ ।

चालु आर्थिक वर्ष २०८१/०८२ को ६ महिनामा २८ अर्ब पाँच करोड रुपैयाँभन्दा बढीको आईटी वस्तु तथा सेवा निर्यात भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार साउनदेखि पुससम्म आईटी निर्यात गरिएको हो । यसअवधिमा तीन अर्ब ५२ करोड रुपैयाँभन्दा बढीको आईटी वस्तु तथा सेवा आयात भएको छ ।

साउनदेखि मसिंरसम्म पाँच महिनामा आईटी निर्यात २२ अर्ब ८९ करोड ४८ लाख रुपैयाँ थियो । एक महिनामै करिब पाँच अर्ब १६ करोड रुपैयाँबढीको निर्यात भएको हो । दूरसञ्चार, कम्प्युटर तथा इन्फर्मेसनसम्बन्धी सेवा गत आर्थिक वर्ष २०८०/०८१ मा १५ अर्ब ५४ करोड रुपैयाँको  निर्यात भएको थियो । आर्थिक वर्ष २०७९/०८० मा १५ अर्ब ८० करोड ९४ लाख रुपैयाँ र आर्थिक वर्ष २०७८/०७९ मा १४ अर्ब ५३ करोड २७ लाख रुपैयाँको निर्यात भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ कार्तिक । सरकारले समयमै काम सम्पन्न नगर्ने तथा सम्झौताका सर्तहरू उल्लङ्घन गर्ने ६ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीहरूलाई

जनकपुरधाम, १३ कार्तिक । जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । प्रधानमन्त्री

काठमाडौँ, १३ कार्तिक । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराजभक्त श्रेष्ठले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण निम्तिएका सङ्कटहरू कुनै एक

सिरहा, १३ कार्तिक । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले  सिरहा र धनुषा जोड्ने हुलाकी सडकअन्तर्गतको कमला पुल निर्माण कार्य तीव्र गतिमा अघि