काठमाडौँ, २९ माघ । चलचित्र ‘ताण्डवम्’को ट्रेलर सार्वजनिक गरिएको छ ।
जुनिम गहतराजको निर्देशनमा निर्माण भएको चलचित्रको ट्रेलरमा सस्पेन्स र थ्रिल देखिन्छ । पारिवारिक तथा एक्सन थ्रिलर जनरामा निर्माण भएको चलचित्रको ट्रेलरमा प्रेम र बदलाको कथा समेटिएको छ ।
चलचित्रमा पुष्कर गुरुङ, प्रेम सुब्बा, सरिना मगर, अनोज पाण्डे, कमल कार्की, अंकित खड्का, गोपाल कटुवालको अभिनय छ । यो चलचित्र फागुन ९ गतेबाट प्रदर्शनमा आउँदै छ ।





