चीनमा बिहे गर्नेको संख्या घट्यो

बेइजिङ, २८ माघ ।  चीनमा बिहे गर्नेको संख्या घटेर कीर्तिमानी स्तरमा पुगेको छ ।

चीनको नागरिक मामिला मन्त्रालयले सार्वजनिक गरेको डेटाका अनुसार सरकारले युवायुवतीहरूलाई बिहे गरेर घर बसाउन अनि सन्तान जन्माउन प्रेरित गर्न अनेकौं उपायहरू अपनाइरहेको भएपनि न बिहे दर बढिरहेको छ न त जन्मदर नै । फलतः चीनको जनसंख्या घट्दो क्रममा छ । 

२०२४ मा चीनभरमा ६१ लाख जोडीले आफ्नो बिहे दर्ता गरेका छन् । यो अघिल्लो वर्षको तुलनामा २० दशमलव ५ प्रतिशत कम भएको शनिबार सार्वजनिक गरेको डेटाले देखाएको हो । 

यो भनेको सन् १९८६ मा मन्त्रालयले यस्तो खालको तथ्यांक सार्वजनिक गर्न थालेयताकै सबैभन्दा कम हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ चैत । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ११ सय

काठमाडौँ, ५ चैत । काठमाडौँबाट ठूलो परिमाणमा विभिन्न देशका मुद्रा (पैसा) नेपाल प्रहरीको विशेष टोलीले बरामद गरेको छ । प्रहरीका

चितवन, ५ चैत । कुखुराको चल्ला कोरल्न प्रयोग गरिने दुई सय ३६ ह्याचरी उद्योग बन्द भएका छन् । कोभिडपछि लागत

काठमाडौँ, ५ चैत । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ । गोलभेडा