तेस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने बाबुरामको प्रस्ताव

काठमाडौँ, २८ माघ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक डा. बाबुराम भट्टराईले पार्टी नेतृत्व तेस्रो पुस्तालाई हस्तान्तरण गर्ने प्रस्ताव गरेका छन् ।

काठमाडौँमा जारी पार्टीको प्रथम महाधिवेशनमा संयोजक भट्टराईले आफू नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गरेर वैचारिक नेताको भूमिकामा बस्न चाहेको बताएका हुन् ।

प्रवक्ता कृष्ण शर्माले भने, ‘महाधिवेशनको उद्घाटन सत्रपछि सचिवालय बैठकमा उहाँले म नेतृत्व हस्तान्तरण गर्न चाहन्छु, तेस्रो पुस्ताका साथीहरू सल्लाह गरेर टिम बनाउनुहोस्, म वैचारिक नेताको भूमिकामा बस्न चाहन्छु भन्नुभएको हो,’ ।

प्रवक्ता शर्माका अनुसार सोमबार बिहान बसेको सचिवालय बैठकमा पनि भट्टराईले सोही प्रस्ताव अगाडि सारेका छन् । ‘उहाँले आइतबार साँझ र आज बिहान पनि उही प्रस्ताव दोहोर्‍याउनु भयो तर सचिवालयका सबैजसो साथीहरूले अहिले परिस्थिति त्यस्तो नरहेकोले उहाँलाई नै अध्यक्षमा दोहोर्‍याउन सहमत गराएका छौं,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ चैत । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ११ सय

काठमाडौँ, ५ चैत । काठमाडौँबाट ठूलो परिमाणमा विभिन्न देशका मुद्रा (पैसा) नेपाल प्रहरीको विशेष टोलीले बरामद गरेको छ । प्रहरीका

चितवन, ५ चैत । कुखुराको चल्ला कोरल्न प्रयोग गरिने दुई सय ३६ ह्याचरी उद्योग बन्द भएका छन् । कोभिडपछि लागत

काठमाडौँ, ५ चैत । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ । गोलभेडा