पूर्वी लेबनानमा इजरायलको आक्रमण, ६ जनाको मृत्यु

एजेन्सी, २७ माघ । इजरायल र हिजबुल्लाहबीच भएको युद्धविरामकाबीच पूर्वी लेबनानमा इजरायलले आक्रमण जारी राखेको छ । पछिल्लो समय इजरायलले गरेको हवाई आक्रमणमा परी ६ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

लेबनानको राष्ट्रिय समाचार एजेन्सीका अनुसार शनिबार मात्रै पूर्वी लेबनानको जेन्नाटा सहर नजिकैको शारा क्षेत्रलाई लक्षित गरी  इजरायली सेनाले आक्रमण गरेको हो ।

इजरायली सेनाले हिजबुल्लाहबाट युद्धविराम सम्झौताको उल्लंघन भएको बताउँदै आक्रमण गरिरहेको छ । सेनाले एक विज्ञप्ति जारी गर्दै ‘रणनीतिक हतियार उत्पादन र भण्डारण गर्ने स्थलभित्र’ हिजबुल्लाहका कार्यकर्ता भएको दाबी गरेको छ ।

गत नोभेम्बर २७ मा इजरायली सेना र हिजबुल्लाहबीच भएको द्वन्द्व अन्त्य गर्ने गरी भएको युद्धविराम सम्झौतालाई सङ्केत गर्दै विज्ञप्तिमा भनिएको छ, ‘ हतियार भण्डारण र उत्पादन स्थलभित्रका गतिविधिलाई इजरायल र लेबनानबीचको समझदारीको ठाडो उल्लङ्घन मानिएको छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ असोज । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले अल्पसंख्यक समुदायका माग र

काठमाडौँ, २३ असोज । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा चर्चित लोकदोहोरी गायक पशुपति शर्मा निर्विरोध चयन भएका छन्

काठमाडौँ, २३ असोज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट निर्वाचित चार जना जनप्रतिनिधिले दल परित्याग गरेपछि उनीहरूको पद स्वतः रिक्त

काठमाडौँ, २३ असोज । शिक्षकलाई सवारीसाधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (११औँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ