हमासद्वारा गाजाबाट थप तीन जना इजरायली बन्धक मुक्त

एजेन्सी, २६ माघ । प्यालेस्टिनी विद्रोही समूह हमासले गाजाबाट थप तीन जना इजरायली बन्धक मुक्त गरेको छ ।

युद्धविराम लागू भएपछिको पाँचौँ पटकमा छाडिएका उनीहरू सबै सर्वसाधारण हुन् । मुक्त भएका एली शराबी, ओहाद बेन अमी र अर लेभी सन् २०२३ को अक्टोबर ७ मा हमासले गरेको हमलाका बेला बन्धक बनाएर गाजा पुर्‍याइएका थिए ।

युद्धविराम सम्झौता अनुसार इजरायलले तीन जनाको बदलामा आजै एक सय ८३ जना प्यालेस्टिनी बन्दीहरूलाई छाड्दैछ । गएको जनवरी १९ मा इजरायल र हमासबीच युद्धविराम सम्झौता भएयता गाजाबाट २१ जना बन्धकहरू र इजरायलबाट तीन सय ८३ जना प्यालेस्टिनी बन्दीहरू रिहा भएका छन् ।

अबको तीन हप्तामा सकिने युद्धविरामको पहिलो चरणको अन्त्यसम्ममा झन्डै ३३ जना बन्धक र एक हजार नौ सय प्यालेस्टिनीहरू छाडिनेछन् । इजरायलले ३३ जना बन्धकमध्ये आठ जनाको ज्यान गएको दाबी गरेको छ । तर हमासले प्रतिक्रिया दिएको छैन ।  

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २३ असोज । अमेरिकाको कंग्रेसनल (संसदीय) रिसर्च सर्भिस (सीआरएस)ले इरानसँगको युद्धमा अमेरिकी सेनाका ८१ वटा सैन्य विमान क्षतिग्रस्त वा नष्ट

एजेन्सी, २३ असोज । युक्रेनको पूर्वी क्रामतोस्र्क सहरमा यात्रुवाहक दुई बसमा रुसी ग्लाइड बम आक्रमण हुँदा ३० जनाको मृत्यु भएको छ

एजेन्सी, २२ असोज । यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन्

एजेन्सी, २२ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू नोबेल शान्ति पुरस्कारको हकदार रहेको दाबी गरेका छन् ।  बुधबार पत्रकारहरूसँग