उच्च शिक्षाका पाठ्यक्रममा इन्टर्न अनिवार्य हुँदैछ : मन्त्री भट्टराई

काठमाडौँ, २५ माघ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले उच्च शिक्षाका पाठ्यक्रमहरूमा इन्टर्न अनिवार्य गरिने बताएकी छिन् ।

मदन भण्डारी मेमोमिरियल कलेजले क्यूएए (गुणस्तर प्रत्यायनकृत) प्राप्त गरेको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यसका लागि गृहकार्य अगाडि बढिसकेको जानकारी दिइन् । शिक्षालाई रोजगार, सीप र उद्गमसँग जोड्नका लागि समेत पाठ्यक्रममा इन्टर्न अनिवार्य गर्न लागिएको हो ।

कक्षा १२ पास गरेपछि विदेश जानुका अनेक कारण हुनसक्ने र उच्च शिक्षा प्राप्त गरेको विषय तलबमा मापन हुन नसक्ने पनि एक रहेको उनले बताइन् ।

‘शिक्षाले तलबलाई मापन गर्न सकिरहेको छैन, समस्या यहाँनेर छ,’ उनले भनिन्, ‘पाठ्यक्रममा इन्टर्न अनिवार्य गरिँदैछ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ भदौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव र साउदी अरबका परराष्ट्रमन्त्री फैसल बिन फरहानबीच शिष्टाचार भेटवार्ता

काठमाडाैँ, ११ भदाै । परराष्ट्रमन्त्री शिशिर खनाल र बङ्गलादेशका परराष्ट्रमन्त्री डा.खलिलुर रहमानबिच टेलिफोन वार्ता भएको छ । टेलिफोन वार्ताका क्रममा

काठमाडाैँ, ११ भदाै । नेपाली कांग्रेसका सभापति गगन थापाले विपद्‍को बेलामा सरकारसँग भएका स्रोत र साधनबाट सम्भव नहुने बताएका छन् ।

काठमाडौँ, ११ भदौ । विद्युत पूर्वाधार संरचनामा भएको क्षतिले विद्युत् अवरुद्ध भएको रसुवा बाढी प्रभावित क्षेत्रमा ऊर्जा, जलस्रोत तथा सिँचाइ