उच्च शिक्षाका पाठ्यक्रममा इन्टर्न अनिवार्य हुँदैछ : मन्त्री भट्टराई

काठमाडौँ, २५ माघ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले उच्च शिक्षाका पाठ्यक्रमहरूमा इन्टर्न अनिवार्य गरिने बताएकी छिन् ।

मदन भण्डारी मेमोमिरियल कलेजले क्यूएए (गुणस्तर प्रत्यायनकृत) प्राप्त गरेको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यसका लागि गृहकार्य अगाडि बढिसकेको जानकारी दिइन् । शिक्षालाई रोजगार, सीप र उद्गमसँग जोड्नका लागि समेत पाठ्यक्रममा इन्टर्न अनिवार्य गर्न लागिएको हो ।

कक्षा १२ पास गरेपछि विदेश जानुका अनेक कारण हुनसक्ने र उच्च शिक्षा प्राप्त गरेको विषय तलबमा मापन हुन नसक्ने पनि एक रहेको उनले बताइन् ।

‘शिक्षाले तलबलाई मापन गर्न सकिरहेको छैन, समस्या यहाँनेर छ,’ उनले भनिन्, ‘पाठ्यक्रममा इन्टर्न अनिवार्य गरिँदैछ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० कार्तिक । रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी

काठमाडौँ, १० कार्तिक । ‘गाभी, द भ्याक्सिन एलाइन्स’ ले सन् २०३० सम्म नेपाललाई ८ अर्ब ५९ करोड १९ लाख ६८ हजार

काठमाडौँ, १० कार्तिक । साउदी अरेबियाको पछिल्लो सुरक्षा अवस्था संवेदनशील बन्दै गएपछि रियादस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सम्पूर्ण नेपाली नागरिकलाई उच्च

काठमाडौँ, १० कार्तिक । प्रहरी प्रधान कार्यालयले विभिन्न कार्यालयमा कार्यरत रही लामो समयदेखि आफूखुसी गैरहाजिर रहेका ११ जना प्रहरी कर्मचारीहरूलाई